logo

'समाजसेवी भिम' जसले दशै, तिहारमा गर्ने खर्च कटौती गरि आमा समुहलाई सहयोग गरे

    2136   पटक पढिएको


३ मंसिर/अर्थ र व्यापार– लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष ,नेकपाका नेता एवम् समाजसेवी भिम पौड्यालले यस बर्षको दशै र तिहारमा गर्ने खर्च कटौती गरि आमा समुहलाई सहयोग गरेका छन् । 

पौड्यालले एक कार्यक्रमकाबीच अंकुर स्वास्थ्य आमा समूह रुरुक्षेत्र गाउँपालिका वडा न.६ रिमुवाको अधुरो बहुउद्देश्यीय भवन निर्माणको लागि नगद सहयोग गरेका हुन् ।

सामाजिक सोच र समाजप्रतिको उत्तरदायित्व सबैले लिदैँ अर्ति उपदेश हैन हरेक राम्रो कार्य सानो भएपनि आफैबाट सुरु गर्नुपर्ने बताउँदै उनले आमा समुहलाई नगद रु. पच्चीस हजार (रु.२५,०००) सहयोग गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी पौड्यालले आफुले गरेको यस सामाजिक कार्यले समाजमा चाडपर्वका बेला हुने गरेको फजुल खर्चलाई न्यूनीकरण गर्नका लागी सहयोग पुग्ने बताए । 

युवा नेता एवम् समाजसेवी यदु ज्ञवालीले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधिहरु र आमा समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।