१ असार/अर्थ र व्यापार – नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्झौता भएको छ ।
सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार गाउँपालिकाद्वारा सञ्चालित स्वयमसेविकाको कल्याणकारी कोषबाट प्रति स्वास्थ्य स्वयमसेविकाको मासिक ८ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।
पालिकाबाट सञ्चालित स्वयमसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई पालिकाको सिफारिसको आधारमा उपलब्ध गराइनेछ ।
सहभागीहरूले नागरिक पेन्सन योजनामा सहभागी भएको पाँच वर्षपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म रकम पालिकाको सिफारिसका आधारमा सापटी लिन सक्नेछन् ।
कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने बताए।
तपाईको प्रतिक्रिया