logo

५ महीनामा नेपाल–चीन व्यापार २५ अर्बले घट्यो

    2625   पटक पढिएको

९ पुस/अर्थ र व्यापार– भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा नेपाल–चीन व्यापार २५ अर्ब रुपैयाँले घटेको छ ।

विभागका अनुसार अघिल्लो वर्षको ५ महिनाको अवधिमा नेपाल–चीन व्यापार रू. १ खर्ब ३ अर्बको व्यापार भएको थियो । तर चालु आवको सोही अवधिमा आयात रू. २४ अर्बले घटेर ७७ अर्ब ८४ करोडको मात्रै व्यापार भएको हो ।

चालु आवको पहिलो ५ महिनाको अवधिमा निर्यात रू. ८६ करोडबाट घटेर ३८ करोडमा आइपुगेको छ । चीनले उत्तरी नाकामा लगाएको बन्दको प्रभाव आयात निर्यातमा देखिएको हो ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको प्रतिवेदनले चीनतर्फ हुने निर्यात ५९ दशमलव २ प्रतिशतले घटेको छ भने आयात पनि २५ प्रतिशतले घटेको छ ।

नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले चीनले गतवर्ष माघदेखि उत्तरी नाका एकतर्फी रूपमा बन्द गरी चिनियाँ कन्टेनरले नै मुश्किलले दैनिक ४–५ कन्टेनर सामान नाकासम्म ल्याइदिने र नेपाली कन्टेनर पनि नाकापारि जान नपाउँदा नाकाबाट हुने व्यापार प्रभावित बनेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।