logo

सुनको भाउ बढेर नयाँ रेकर्डमा, प्रतितोला  १ लाख ७७ हजार रुपैयाँ

    204   पटक पढिएको


१८ चैत/अर्थ र व्यापार – नेपाली बजारमा सुनको भाउ अकासिएर नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ ।
सोही कारण नेपाली बजारमा पनि सोमबार प्रतितोला सुनको भाउ १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिनको तुलनामा सोमबार पनि सुनको मुल्य प्रतितोला ११ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला छापावाल सुनको मुल्य १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँका रहेको चाँदीको मुल्य सोमबार प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।