logo

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै , मध्यपूर्वी युद्धको तनाव र अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्नसक्ने अनिश्चितताको प्रभाव

    268   पटक पढिएको


५ कात्तिक/अर्थ र व्यापार – अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि छापावाल सुनको मूल्यले दैनिक लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अत्यधिक मुल्य बढेर सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले महँगिएको छ । यस दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन १ लाख ६५ हजारमा कारोबार भएको थियो । दैनिक सुनको मुल्य अकासिएसँगै सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।
यस दिन असल चाँदीको मुल्य प्रतितोला २ हजार ९५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिएपछि सोही अनुसार नेपाली बजारमा पनि सुनचाँदीको मुल्य बढेको महासंघले जनाएको छ । अहिले प्रमुख दुई कारणले सुनको भाउ बढाएको महासंघले जनाएको छ । महासंघका अनुसार पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण यसरी सुनको मुल्य अकासिएको हो ।
जब विश्वबजारमा अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ, यतिबेला मध्यपूर्वी युद्धको तनाव छ, अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको हुनसक्ने अनुमान सम्बन्धीत सरोकारवालाहरुले गरेका छन् । यसैगरी, अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्य बढाउन सहयोग गरिरहेको उनीहरुको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।