logo

सहकारीमा सरकारले तोक्यो बचत रकमको सीमा,अब व्यक्तिले ५० लाखभन्दा बढी राख्न नपाउने

    709   पटक पढिएको


१४ पुस/अर्थ र व्यापार – सरकारले सहकारी संस्थामा बचत गर्न पाउने रकमको सीमा तोकेको छ । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत सरकारले बचत गर्ने रकमको सीमा तोकेको हो।
एउटा व्यक्तिले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा स्थानीय तहस्तरकोमा बढीमा १० लाख रुपैयाँ , प्रदेशस्तरकोमा २५ लाख रुपैयाँ र संघ मातहतको सहकारीमा ५० लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्था गरिएको छ । अब यस सीमाभन्दा बढी बचत हुनेहरुका हकमा दुई वर्षको समय तोकिएको छ । दुई वर्षभित्र सहकारीमा आफ्नो बचत सीमाभित्र राख्नुपर्नेछ ।
यसअघि सहकारीमा व्यक्तिगत बचतमा सीमा तोकिएको थिएन । सहकारी ऐनमा व्यक्तिगत बचतको सीमा सम्बन्धित सहकारीको विनियममा तोकिएबमोजिम हुने उल्लेख थियो । धेरै ब्याजका लागि सहकारीमा पैसा थुपार्ने बचतकर्ताको लोभमा संचालकले मनोमानी गरेको निष्कर्षमा सरकारले अब आइन्दा तोकिएको सीमाभन्दा बढी व्यक्तिगत बचत गर्न नपाउने व्यवस्था गरेको छ ।
अवैधरुमा आर्जन गरेको रकम समेत सहकारीमा बचत गर्ने प्रवृत्ति थियो । सरकारी सेवाबाट अवकाश पाएका सचिवले समेत धेरै ब्याजका लागि पैसा राख्ने थलो सहकारीलाई नै बनाउँदै आएका छन् । सरकारले अध्यादेशमार्फत अब सहकारीमा १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने व्यवस्था गरेको छ । अध्यादेशमार्फत कर्जा सूचना केन्द्रको अधिकार क्षेत्र बढाइएको छ । कर्जा सूचना केन्द्रले अब बैंक तथा वित्तीय संस्थाका अलावा सहकारीको कर्जा सूचना केन्द्रको रुपमा काम गर्नेछ ।
१० लाख रुपैयाँभन्दा बढीको कर्जा कारोबारको सूचना अनिवार्य दिनु पर्ने र जतिसुकै रकमको भए पनि कालोसूचीको सुचना दिनु पर्ने व्यवस्था गरिएको छ । बचत तथा ऋणको कारोबा गर्ने प्रत्येक सहकारीले अनिवार्यरुपमा निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ ।
बचत ऋणको कारोबार गर्ने संस्था स्थानीय तहमा मात्र दर्ता हुने व्यवस्था गरिएको छ । यस्ता सहकारी सम्बन्धित स्थानीय तह बाहिर जान पाउने छैनन् । अहिले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको वर्गिकरण संघ, प्रदेश र स्थानीय गरी गर्न सकिने र सहकारी नियमन प्राधिकरणमा वा तोकिएको निकायमा वर्गीकरण अनुरुप पुनः दर्ता गर्ने व्यवस्था सो अध्यादेशमा उल्लेख छ ।
यसैगरी, एक व्यक्ति एकैपटक एकभन्दा बढी सहकारीको सदस्य हुन पाउने छैन । भएमा एक वर्षभित्र एउटामा मात्र सदस्यता कायम गर्नुपर्नेछ । सहकारीको कार्यकारी पदमा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी रहन नपाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।