logo

बैंकको शाखा र नोटको अस्तित्व सकिँदैछ: पूर्वअर्थमन्त्री खतिवडा

    613   पटक पढिएको

१ चैत/अर्थ र व्यापार – पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग र बैंकको शाखाको अस्तित्व सकिँदै गएको बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा खतिवडाले यस्तो बताएका हुन । उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि अन्त्य भएको बताए ।
उनले अब जसले नोट बोक्छ उसले जोखिम पनि बोक्ने बताएका छन् । ‘अब एटीएम मेसिनको अस्तित्व सकियो, नोटको प्रयोग नै हुँदैन, नोट बोकेका छौं भने जोखिम बोकेका छौं, अहिले बैंक ब्रान्चलेस भइसके, सहकारीमा पनि अब सेवाकेन्द्र आवश्यक छ कि छैन बुझ्नुपर्छ,’ उनले भने ।
खतिवडाले सहकारीको कारोबार डिजिटल हुन सक्यो भने अहिलेका सबै समस्या समाधान हुने बताए । सहकारी कारोबार मात्रै नभइ सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताउँदै कारोबार भौतिकरूपमा नभए पनि सदस्य भने भौतिक हुनु पर्ने धारणा उनको छ ।
‘राष्ट्र बैंकले डिजिटल करेन्सी निकाल्ने कुरा आइरहेको छ, राष्ट्र बैंकले छिटो डिजिटल करेन्सी ल्याउनुपर्छ, भुक्तानी गर्न पर्यो भने राष्ट्र बैंकको वेवसाइटमा गएर कारोबार गर्नुपर्छ, डिजिटल करेन्सीको कारोबारको लागि आफू सक्षम हुनुपर्छ, नभए हराएर जाने हो, सहकारीहरू सूचना प्रविधिमा अगाडि बढ्नुपर्छ,’ उनले भने ।

उनले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनु पर्ने बताए । ‘अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्नु पर्छ, कारोबार स्मार्ट हुनुपर्छ, सबैको आफ्नै मोबाइल एप हुनुपर्छ, यो काम गर्न सकेन भने सहकारीको अस्तित्व नै नामेट हुन्छ,’ उनले भने । यस्तै, उनले बहुउद्देश्यीय सहकारीको काम नभएको तर्क दिएका छन् । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उनको भनाइ छ ।
यसैगरी, उनले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनु पर्ने बताए । ‘अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्नु पर्छ, कारोबार स्मार्ट हुनुपर्छ, सबैको आफ्नै मोबाइल एप हुनुपर्छ, यो काम गर्न सकेन भने सहकारीको अस्तित्व नै नामेट हुन्छ,’ उनले भने । उनले बहुउद्देश्यीय सहकारीको काम नभएको बताए । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।