logo

महासंघमा पहिलोपटक महिला अध्यक्ष,ओमदेवी निर्विरोध निर्वाचित

    1182   पटक पढिएको


२९ पुस/अर्थ र व्यपार – राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा पहिलोपटक महिला निर्वाचित भएकी छिन । शुक्रबार र शनिबार सम्पन्न महासंघको ३१ औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
२०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक मल्ल महिला अध्यक्ष निर्वाचित भएकी हुन । निवर्तमान अध्यक्ष मिनराज कंडेलले महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष भएको बताए । कंडेल अघि पुर्वमन्त्री केशव बडाल र दिपक प्रकाश बास्कोटाले महासंघको नेतृत्व गरेका थिए ।
सोही साधारण सभाले २५ सदस्य सञ्चालक समिति र तीन सदस्य लेखा सुपरिवेक्षण समितिका पदहरुमा निर्विरोध भएको छ । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष थिइन् । उनी एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य भैसकेकी छिन । संविधानसभा सदस्य समेत भईसकेकी मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन ।
महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन भएका छन । पोखरेल यस अघि उपाध्यक्ष थिए । उनी राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत हुन । महासंघको उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डिबि. बस्नेत र इन्दिरा पन्त निर्विरोध चयन भएका छन । पछिल्लो संशोधिन विनियम अनुसार पहिलो पटक तीन उपाध्यक्ष कायम भएको हो । यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचित भएका छन । यस अघि उनी संचालक थिए ।
संचालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी(अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी सुवेदी पौडेल चयन भएका छन । त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएको महासंघको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हिमादेवी बस्नेतले घोषणा गरेकी हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।