logo

‘सञ्चालकहरुले बदमासी नगरे कुनैपनि सहकारी संकटमा पर्देन’

    884   पटक पढिएको


२२ पुस/अर्थ र व्यापार– गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरुले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरु संकटमा नपर्ने बताएका छन ।
शनिबार ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै गुठी संस्थानका कार्यकारी प्रमुख शाक्यले यस्तो बताएका हुन ।
उनले नेपालमा संकटग्रस्त देखिएका सहकारी संस्थाहरुबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखे । सञ्चालक इमान्दार हुने हो भने कुनैपनि सहकारी संस्था संकटमा नपर्ने शाक्यको भनाई थियो ।
ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्था मार्पmत् डुबेको जनताको निक्षेप रकम जतिसक्दो छिटो फिर्ता गराउन सरकारलाई गम्भीरता देखाउन आग्रह गरे ।
सो कार्यक्रममा होम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकसदस्य सञ्जयलाल अमात्यलाई गुठी संस्थानका कार्यकारी प्रमुख शाक्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी, उपाध्यक्ष दिनेश मास्केलाई पनि सम्मान गरिनुका साथै कर्मचारी लुमन्ती महर्जनलाई कदरपत्र प्रदान गरिएको थियो ।
सो साधारण सभाले व्यवस्थापक करुणा राजभण्डारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष मुकुन्द महर्जनले प्रस्तुत गरेको संस्थाको सांगठनिक प्रतिवेदन पारित गरेको छ ।

सोही अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा आशा लिम्बुलाई नगद सहित पुरस्कृत गरिएको थियो । होम सहकारीका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदी, उपाध्यक्ष दिनेश मास्के, ललितपुर महानगरपालिका सहकारी शाखाका अधिकृत चिरञ्जीवि पौडेल, संस्थाका सचिव सोभना थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।