logo

‘सञ्चालकहरुले बदमासी नगरे कुनैपनि सहकारी संकटमा पर्देन’

    641   पटक पढिएको


२२ पुस/अर्थ र व्यापार– गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरुले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरु संकटमा नपर्ने बताएका छन ।
शनिबार ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै गुठी संस्थानका कार्यकारी प्रमुख शाक्यले यस्तो बताएका हुन ।
उनले नेपालमा संकटग्रस्त देखिएका सहकारी संस्थाहरुबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखे । सञ्चालक इमान्दार हुने हो भने कुनैपनि सहकारी संस्था संकटमा नपर्ने शाक्यको भनाई थियो ।
ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्था मार्पmत् डुबेको जनताको निक्षेप रकम जतिसक्दो छिटो फिर्ता गराउन सरकारलाई गम्भीरता देखाउन आग्रह गरे ।
सो कार्यक्रममा होम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकसदस्य सञ्जयलाल अमात्यलाई गुठी संस्थानका कार्यकारी प्रमुख शाक्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी, उपाध्यक्ष दिनेश मास्केलाई पनि सम्मान गरिनुका साथै कर्मचारी लुमन्ती महर्जनलाई कदरपत्र प्रदान गरिएको थियो ।
सो साधारण सभाले व्यवस्थापक करुणा राजभण्डारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष मुकुन्द महर्जनले प्रस्तुत गरेको संस्थाको सांगठनिक प्रतिवेदन पारित गरेको छ ।

सोही अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा आशा लिम्बुलाई नगद सहित पुरस्कृत गरिएको थियो । होम सहकारीका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदी, उपाध्यक्ष दिनेश मास्के, ललितपुर महानगरपालिका सहकारी शाखाका अधिकृत चिरञ्जीवि पौडेल, संस्थाका सचिव सोभना थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।