logo

सहकारी र लघुवित्तका समस्या समाधानकालागि रास्वपाले गठन गर्यो कार्यदल

    1169   पटक पढिएको


१३ पुस/अर्थ र व्यापार – हाल मुलुकमा देखिएको सहकारी र लघुवित्तका समस्या समाधानकालागि राष्ट्रिय स्वतन्त्र पार्टीले अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले कार्यदल बनाइएको हो ।
वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् । वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईले एक कार्यक्रममा सार्वजनिक गरेका हुन् । चितवन–२ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा रास्वपाका सहप्रवक्ता प्रसाईले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि कार्यदल गठन गरिएको जानकारी दिए ।
‘सहकारी र लघुवित्त पिडीतहरुको विषय तिव्र रुपमा उठ्न थालेपछि सभापतिको निर्देशनमा रास्वपाका उप सभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा एउटा कार्यदल बनेको छ’ सहप्रवक्ता प्रसाईले भने । जसले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि यो कार्यदल बनेको उनले बताए ।

सहकारी र लघुवित्तका समस्या समाधानका लागि सरकारलाई प्रतिवेदन बुझाउने गरि कार्यदल बनाउने प्रस्ताव महोत्तरी बैठकमा रवि सभापति लामिछानेले गरेका थिए । ‘जलेश्वर बैठकमा नै निर्णय भएको हो’ कार्यदलका संयोजक समेत रहेका वाग्लेले भने,‘अर्थनीति विभागले त्यसमा काम गरिरहेको छ ।

अर्थ नीति विभाग सहित आमन्त्रित सदस्यका रुपमा केही व्यक्तिलाई कार्यदलमा राखिएको उपसभापति वाग्लेले जानकारी दिए । विषय विज्ञहरुसँग छलफल प्रारम्भ भइसकेको कार्यदलले जनाएको छ । उपसभाति वाग्लेका अनुसार कार्यदलले संसद बैठक सुरु हुनअघि नै कार्यदलले प्रतिवेदन तयार गर्नेछ ।
अर्थ नीति विभागले तयार गरेको प्रतिवेदनका आधारमा संसदमा पिडितका पक्षमा विचार राख्ने रास्वपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।