logo

विदेशी फेसन आयातमा बर्षेनी १० अर्ब बाहिरिँदै

    1962   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – नेपालीहरुले विदेशी फेसनका सामाग्री प्रयोग गर्नमा मात्रै वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी नेपाली रुपैयाँ बाहिरिने गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा  विदेशबाट आयात गरिएका तयारी लुगामा १० अर्ब ५० करोड रुपैयाँ बाहिरिएको छ ।

सबैभन्दा बढी रकम महिलाहरुको तयारी पोशाक आयातमा बाहिरिएको छ । महिलाहरुले लगाउने विदेशी तयारी पोशाकमा दुई अर्ब ४६ करोड रुपैयाँ बाहिरिएको छ । महिलाका लागि आयात भएका कपडाको ठिक आधा रकम बराबरको पुरुषले लगाउने तयारी लुगा भित्रिएको छ । पुरुषको तयारी पोशाक आयातमा एक अर्ब छ करोड रुपैयाँ बाहिरिएको छ ।

महिलाहरुले लगाउने पोशाकमा सबैभन्दा बढी रकम ज्याकेटमा बाहिरिएको छ । ज्याकेट, कोट लगायतका तयारी पोशाकमा एक अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ । दोस्रो बढी आयात हुनेमा केटीहरुका लुगा शीर्षकमा ६२ करोड सात लाख रुपैयाँ बाहिरिएको छ। 

तेस्रो धेरै आयात हुनेमा ट्राउजर तथा पाईन्टहरु छन् । ट्राउजर तथा पाईन्टको शिर्षकमा ४४ करोड ४० लाख रुपैयाँ बाहिरिएको छ । त्यस्तै चौथो बढी आयात हुनेमा ब्लाउज तथा सर्ट शीर्षकमा १५ करोड २९ लाख रुपैयाँ बाहिरिएको छ ।

केटीहरुले प्रयोग गर्ने स्कर्ट आयातमा पनि छ करोड २५ लाख रुपैयाँ बाहिरिएको छ । तयारी सुट आयातमा दुई करोड ९३ लाख, रेनकोटमा ७९ लाख, नाईट ड्रेस शीर्षकमा ३३ लाख ७५ हजार र गाउन शीर्षकमा १० लाख रुपैयाँ बाहिरिएको छ ।

पुरुषहरुको तयारी पोशाक आयातमा भने सबैभन्दा बढी ज्याकेटमा ५२ करोड रुपैयाँ बाहिरिएको छ । शर्ट तथा टिशर्ट आयातमा २६ करोड, ट्राउजर तथा पाईन्ट आयातमा २३ करोड रुपैयाँ बाहिरिएको छ ।

महिलाको तुलनामा रेनकोट आयातमा मात्र पुरुषको हिस्सा बढि देखिएको छ । पुरुषको रेनकोट आयातमा दुई करोड रुपैयाँ बाहिरिएको छ । महिलाको रेनकोट आयातमा ७९ लाख रुपैयाँमात्र बाहिरिएको थियो । पुरुषहरुले प्रयोग गर्ने जनावरको रौंबाट बनेका ज्याकेट एक अर्ब ३२ करोड रुपैयाँको आयात गर्दा, नाईट ड्रेस ४५ लाख रुपैयाँको आयात गरेका छन् ।

सल, स्कार्फ र मफलर शीर्षकमा दुई अर्ब ५३ करोड रुपैयाँ बाहिरिएको छ । सल र स्कार्फ महिलाले प्रयोग गर्छन् भने मफलर पुरुषले प्रयोग गर्छन् । ब्याग आयातमा दुई अर्ब ६५ करोड रुपैयाँ बाहिरिँदा जुत्ता आयतमा एक अर्ब २५ करोड रुपैयाँ बाहिरिएको छ । ५६ करोड रुपैयाँ बराबरको टोपी मात्र आयात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।