logo

उच्च अदालतको आदेश कार्यन्वयन तथा सदस्यता प्रदान गर्न माग

    891   पटक पढिएको

४ बैशाख/ अर्थ र व्यापार- विभिन्न १८ वटा संघहरुले नेपाल उद्योग वाणिज्य महासंघ संग उच्च अदालतको आदेश कार्यान्वयन गर्न तथा सदस्यता प्रदान गर्न माग गरेका छन ।

२०८२ साल चैत्र २६ गते भएको आदेशप्रति ति संघहरुले ध्यानाकर्षण गराउँदै सम्मानित अदालतको आदेशपश्चात निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू स्थगित रहेको अवस्थामा, अदालतको आदेश बमोजिम सदस्यता प्रदान नगरी महासंघको पदाधिकारी बैठकको निर्णय भनि पुनः साधारण सभाको मिति तोकिएको जानकारी संस्थाको वेबसाइट मार्फत प्राप्त हुनु अत्यन्तै खेदजनक भएको वताएका छन ।

अदालतबाट पटक–पटक भएको आदेशको कार्यान्वयन नगरी साधारण सभा सम्बन्धी कुनै पनि गतिविधि अगाडि बढाउनु अदालतको अवहेलना हुनुका साथै पूर्णतः गैरकानुनी कार्य हो भन्ने ति संघहरुको ठहर रहेको जनाईएको छ । उनीहरुले २०८२ चैत २६ गतेको अन्तरिम आदेशको पूर्ण पालना गर्दै, महासंघको मिति २०८१/११/२६ को निर्णय बमोजिम सदस्यताको निर्णय गरेर मात्र साधारण सभा सम्बन्धी प्रक्रिया अगाडि बढाउन माग गरेका छन ।

त्यसो हुन नसके आफ्नो कानूनी हक संरक्षणका लागि थप न्यायिक उपचार खोज्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार महासंघ स्वयं हुनुपर्ने ति संघहरुले जनाएका छन । ति संघहरुमा एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ लगायत अन्य छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।