logo

पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने

    1787   पटक पढिएको

१३ माघ / अर्थ र व्यापार - विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको छ ।

धार्मिक पर्यटनलाई नेपालको धार्मिक पर्यटन गतिविधिका रुपमा स्थापित गर्न पूजा सहयोगी हुने आयोजक नेपाल पर्वतारोहण संघ का अध्यक्ष शन्तवीर लामाले बताउनुभयो । उहाले भन्नुभयो, ‘पूजाले बुद्ध नेपालमै जन्मेको तथ्य स्थापित गर्न योगदान पुग्नेछ ।’

आयोजकका अनुसार, माघ २० गतेदेखि २२ सम्म आयोजना हुने पूजा लुम्बिनीबाट शुरु भइ पोखरा पुग्नेछ । आयोजकका अनुसार शान्तिद्धीप २० गते लुम्बिनीबाट पोखरा लगिनेछ ।

२० गते नै उक्त शान्तिद्धीपलाई पोखरा स्थित ह्याङ्जाको स्याक्या गुम्बामा हस्तान्तरण गरिने कार्यक्रम रहेको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । शान्तिद्धीपलाई २१ गते पोखरा नगर परिक्रमा गराई अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालमा हस्तान्तरण गरिने बताइएको छ ।

समापन समारोहमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने बताइएको छ । सोही दिन बुद्ध धर्म अनुसार महत्वपूर्ण मानिने लामा मुकुट नाच तथा क्याङ्यूर, तिङ्यूर दुई देखि तीन घण्टासम्म गरिने कार्यक्रम रहेको छ ।

उक्त दिन (फेबु्रअरी ५) मा अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालयको १७ औं स्थापना दिवस पनि भएकाले प्रमुख अतिथी अध्यक्ष दाहालले झन्डोक्तलन गर्नुहुने तथा महायोगी विद्याधर श्रीधर राना रेन्पोछेबाट थान्का फहराई विश्व शान्तिको कामना गरिनेछ ।

कार्यतालिका अनुसार अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालयको १७ औं स्थापना दिवसका अवसरमा केक काट्ने तथा धार्मिक पर्यटनको महत्वारे कार्यपत्र समेत प्रस्तुत गरिने संघले जनाएको छ ।
समापन कार्यक्रममा विश्व शान्ति पूजाको अवसरमा महायोगी विद्याधर श्रीधर राना रेन्पोछेबाट अभिशेष (वाङ थाप्ने) कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।