logo

विश्वका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा व्यापारीको उल्लेख्य सहभागितामा विश्व आर्थिक मञ्चको सम्मेलन भोलिदेखी सुरु हुने

    1512   पटक पढिएको

७ माघ /अर्थ र व्यापार - मंगलबारदेखि स्वीटजरल्याण्डको पहाडी इलाका डाबोसमा विश्व आर्थिक मञ्चको स्म्मेलन सुरु हुन लागेको छ । सम्मेलनमा विश्वका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा व्यापारीको उल्लेख्य सहभागिता रहनेछ । विवरणहरुमा जनाइएअनुसार सो मञ्चको बैठकमा २ हजार बढी व्यापारी तथा व्यवसायीको समेत सहभागिता रहने छ । आइतबार साँझ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल पनि डाबोस प्रस्थान गरेको छ ।

उक्त मञ्चको बैठकमा नियमित सहभागी हुँदै आएका १० अर्बपतिको नेटवर्थ पछिल्लो १० वर्षमा १२ लाख करोड बढी रहेको छ । विवरणहरुमा जनाइएअनुसार भारतीय खर्बपति मुकेश आम्वानीको मात्रै नेतवर्थ १७४ प्रतिशतले बढेको छ । यस्तै फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गको नेटवर्थ पनि १८५३ प्रतिशतले बढेको छ । विश्व आर्थिक मञ्चको बैठक हरेक वर्ष संसारमार नेता तथा व्यापारी सहभागी हुने गरेका छन् ।

त्यसमा विश्व अर्थ व्यवस्थामा प्रभाव पार्ने खर्बपतिको समेत सहभागिता रहने गर्छ । मञ्चको बैठकमा विश्व अर्थ व्यवस्थाको चुनौती तथा त्यसलाई समाधान गर्ने उपायको बारेमा समेत चर्चा परिचर्चा हुने गरेको छ । ब्लूमवर्गको एक रिपोर्टअनुसार २००८ सालको आर्थिक मन्दीपछि मात्रै संसारमा १० अर्बपति नियमित रुपमा सो बैठकमा सहभागी हुँदै आएका छन् । उनीहरुको सम्पत्तिको हिस्सा पछिल्लो १० वर्षमा कयौं गुणाले बढ्न गएको छ ।

भारतका खर्बपति मुकेश आम्वानीको सन् २००९ मा कूल नेटवर्थ १लाख करोड बराबरको थियो । हाल उनको नेटवर्थ ३ लाख करोड बढी रहेको छ । १० वर्षमा उनको सम्पत्ति १७४ प्रतिशतले बढेको छ । सन् २००९ मा सहभागी भएका संसारभरका अर्वपतिको १ अर्ब डलर बढी नेटवर्थ रहेको थियो । उनीहरुसँग २३८ लाख करोड सम्पत्ति थियो भने सन् २०१७ मा त्यो बढेर ६२३ लाख करोड पुगेको छ ।

यस्तै बिल गेट्सको नेटवर्थ १० वर्षमा ८६ प्रतिशतले बढेको छ । मार्क जुकरवर्गको १८५३ प्रतिशत बढेको छ । यस्तै बिल गेट्सको ८६ प्रतिशत, मुकेश आम्वानीको १७४ प्रतिशत, माइकल डेलको १८७ प्रतिशत र रुपर्ट मार्डोेकको ४७२ प्रतिशतले बढेको छ । यस वर्षको बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल बैठकमा सहभागी हुन आइतबार साँझ डाबोस प्रस्थान गरेको छ ।

यस्तै भारतमा १०० बढी राजनीतिक नेता र व्यापारी सहभागी हुनेछन् । त्यसमा केन्द्रीय मन्त्री शुरेश प्रभु, मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ सहभागी हुँदैछन् । यस्तै उद्योगपति आम्वनी, गौतम अदाणी, संजीव बजाज, एन चन्द्रशेखरण, सज्ज्न जिन्दल, आनन्द महिन्द्रा, सुनिल मित्तल सहभागी हुँदैछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।