logo

वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन उलंघन

    1506   पटक पढिएको

२६ मंसिर/ अर्थ र व्यापार - सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन पालना नगरेको बताएको छ । संसदको लेखा समितिमा आफ्नो राय प्रस्तुत गर्दै कार्यालयले विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन २०६३ को धेरै दफाहरुको उलंघन भएको बताएको हो । ऐनको दफा २ मा उल्लेख भएको मालसामानको परिभाषामा विमान पनि पर्ने भन्दै कार्यालयले विमान खरिद गर्दा ऐनको पूर्ण पालना गर्नुपर्ने भए पनि नगरिएको बताएको छ ।

त्यस्तै ऐनको को दफा १३ को उपदफा २ अनुसार बोलपत्र मार्फत सामान खरिद गर्दा उल्लेख हुनुपर्ने तीन कुरा वाइडबडी खरिदको आशयपत्र (रिक्वेस्ट अफ प्रपोजल आरएफपी) मा नरहेको कार्यालयले बताएको छ । कार्यालयले आशयपत्रमा मूल्यको संरचना, बोल अंक उल्लेख गर्ने मुद्रा, बोलपत्र मूल्यांकन र छनोट गर्ने आधार तथा तरिका उल्लेख भएको छैन ।

ऐनको दफा ५२ अनुसार खरिद सम्झौता र यसका शर्तहरु तय गर्दा आपूर्ति समय वा म्याद थप गर्न सकिने अवस्था, रकम वा त्यसको निर्धारण गर्ने तरिका, मालसामान स्वीकार गर्ने शर्त, भुक्तानीका शर्त र तरिका आदि विषय उल्लेख नभएको कार्यालयको भनाइ छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।