logo

२०७७ असारमा मेलम्चीको पानी सुन्दरीजलसम्म आउने, उपत्यकाबासीले कहिले पिउन पाउलान् ?

    1568   पटक पढिएको

१४ पुष / अर्थ र व्यापार - मेलम्चीे खानेपानी आयोजनाको काम २०७७ असार मसान्तसम्म पुरा हुने भएको छ । आयोजनाको रुग्ण रहेको सम्पुर्ण काम सकेर आगामी असारभित्रै मेलम्चीको पानी सुन्दरीजल ल्याउने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताएका छन् ।

हालसम्म आयोजनाको भौतिक संरचना निमार्णको ९५.१२ प्रतिशत काम सकिसकेको र अन्य कामहरु सरकारले लिएको लक्ष्य अनुसार नै सम्पन्न गर्ने उनले बताए । सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा खत्रीले खानेपानी आयोजनाको ३२ वटा गेटमध्ये हालसम्म २ वटा गेट जडान भैसकेको जानकारी दिए ।

‘असार मसान्तभित्र १७ वटा गेट जडान गरिसक्छौँ,’ खत्रीले भने ‘१७ वटा मात्रै गेट जडान भएपनि हामी असार मसान्तमा खानेपानी सुन्दरीजलमा झारी सक्छौ ।’ सरकाले लिएको लक्ष्य पुरा गर्ने गरी नै खानेपानी आयोजनाले काम गरी रहेको उनको भनाई छ ।

सरकारले २०५५ सालमा मेलम्ची खानेपानी आयोजना विकास समिति गठन गरी २०५७ सालबाट मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौं ल्याउने उद्देश्यका साथ आयोजनाको काम शुरु गरेको हो ।

उक्त आयोजनालाई सरकारले आर्थिक वर्ष २०७६र७७ मा कूल ७ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ । इटालियन कम्पनी सिएमसीले पुरा नगरी छोडेको आयोजनाको बाँकी काम हाल चिनियाँ ठेक्का कम्पनी सिनो हाइड्रोले गरिरहेको छ ।

हालसम्म १ लाख घन मिटर क्षेत्रमा हेडवर्कस, ओपनकट, रक सपोर्ट तथा स्लोप स्टेबिलाइजेसन गर्ने काम सकिएको छ । मेलम्ची तथा रिबर्मा नदी नियन्त्रणका लागि ग्याबियन तथा कंक्रिटको काम सकिएको र ६० मिटरको पाइप डाइभर्सन निमार्ण भइसकेको अयोजना विकास समितिले बताएको छ ।

आयोजनाका अनुसार प्रवेश मार्गहरु ४१ किलोमिटर, नयाँ मार्ग निमार्ण र थप २७ किलो मिटरको स्तरोन्नती क्रममा रहेको छ । पानी प्रसोधन केन्द्र निमार्णका लागि पहिलो चरणमा ८.५ करोड लिटर र दोस्रो चरणमा पुनः ८.५ करोड लिटर क्षमताको केन्द्र निमार्ण भइसकेको छ ।
पहिलो चरणको पानी प्रसोधन केन्द्रको आंसिक परिक्षण गरिएको छ भने दास्रो चरणको निमार्ण सम्पन्न हुने अवस्थामा रहेको छ ।

यस्तै, खानेपानी आयोजनाको हेडवर्कस् डाइभर्सन् टनेलको इन्लेट आउटलेट तथा वासआउट गेटहरु जडान गरिएको छ । इन्टेक पार्ट ३ समेत निमार्ण भइसकेको छ । हालसम्म २१.१५ किलो मिटर सुरुङ खन्ने तथा पारम्भिक सपोर्ट लगाउने काम सम्पन्न भइसकेको र सबै साईटबाट सुरुङको फाइनल फिनिसिङ्गको काम शुरु भइसकेको छ ।

डिसेम्बरसम्म २५.३ किलो मिटरसम्म सुरुङको फाइनल सपोर्ट लगाउने काम सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास आयोजना समितिले जानकारी गराएको छ ।
साबिकको निमार्ण व्यवसायी सिएमसीसँग सम्बन्धीत श्रमिक, आपुर्तिकर्ता तथा सब कन्ट्रयाक्टरबाट भुक्तानी नपाएको कारण आयोजनामा स्थानियले अवरोध र्सिजना गर्ने गरेको समितिले बताएको छ ।

हाल आयोजना विकास समितिले श्रमिकहरुको पारिश्रमिकक भुक्तानी गरिसकेको र आपुर्तिकर्ता तथा सब कन्ट्रयाक्टरहरुले दाबी गरेको रकमका सम्बन्धमा प्रविधिक समस्या रहेको जनाएको छ । आयोजना निमार्णका लागि अनुगमन उपकारण खरिद तथा जडान सोझै खरिद गर्ने भएपनि अहिलेसम्म ठेक्का सम्झौता हुनसकेको छैन् । यस्तै, पाइप फिटिङ सप्लाई कार्यको पनि ठेक्का सम्झौता हुन सकेको छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।