logo

बिक्री कम भएका बेला सिमेन्ट उद्योगमा भित्रियो क्यानडाबाट ५० करोड विदेशी लगानी

    1500   पटक पढिएको

८ मंसिर / अर्थ र व्यापार - सिमन्टको बजार कमजोर बन्दै गएका बेलामा नेपालमा शतप्रतिशत विदेशी लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि प्रतिबद्धता आएको छ । कुल ५० करोडको वैदेशिक लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि उद्योग विभागमा प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार गत साता क्यानडाबाट उक्त लगानीका लागि प्रतिबद्धता आएको हो ।

उद्योग विभागमा गत मंसिर ३ गते दर्ता भएको उक्त कम्पनीले छिट्टै प्रक्रिया पूरा गरेर काम अगाडि बढाउने विभागले जानकारी दिएको छ । विभागका अनुसार कैलाली जिल्लामा स्थापना हुने उक्त उद्योगमा सिमेन्टबाट प्रत्येक दिन १६०० टन सिमेन्ट उत्पादन हुनेछ । त्यस्तै, वार्षिक २ लाख ४० हजार मेट्रिक टन पार्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी) उत्पादन गर्नेछ । त्यस्तै, अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) पनि २ लाख ४० हजार मेट्रिक टन उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ ।

उद्योग विभागका अनुसार कम्पनीले ७० जनालाई रोजगारी दिनेछ । कम्पनीको कुल पुँजी ५० करोड हुनेछ । जसमध्ये स्थिर पुँजी ३३ करोढ ३९ लाख रुपैयाँ र चालु पुँजी १६ करोड ६१ लाख रुपैयाँ छ ।

पछिल्लो वर्ष सिमेन्ट उद्योगको व्यवसाय कमजोर बन्दै गएको छ । मुलुकमा थप आर्थिक गतिविधि बढ्न नसक्दा र पूर्वाधार विकासका कामहरु हुन नसक्दा त्यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगमा परेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।