logo

भृकुटीमण्डपमा नेपाली जुत्ता चप्पल ‘सेल–मेला’ सधैंका लागि बन्द हुने

    1499   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार- काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ सधैंका लागि बन्द हुने भएको छ ।आइतवार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले गरेको पत्रकार सम्मेलनमा उत्पादन भएका जुत्ता चप्पलहरुलाई कसरी लोकप्रिय बनाउने भन्ने सम्पुर्ण उद्योगीहरुको योजनाअनुरुप अब उप्रान्त सेल–मेला नलाग्नेबारे निर्णय भएको आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष श्रीकृष्ण फुयाँलले नयाँ कामको सुरुवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको जानकारी गराएका छन । सामुहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेलालाई बन्द गर्न आफुहरु तयार भएको उनको भनाई थियो । अहिले सञ्चालनमा रहेको उक्त मेलालाई आफ्ना तीनवटै संगठनको योजनाअनुसार आउने चूनौतीहरुको सामना गर्ने सहमतिअनुरुप यो कार्य गरिएको उनले बताए ।

व्यापारी तथा उपभोक्ताहरुको मागलाई सम्बोधन गर्दे आफुहरुले देशैभरि आफ्ना उत्पादनहरुको उपलब्धता गराउने सोचका साथमा यो निर्णय गरिएको उनले स्पष्ट पारे । देशमा धेरै उद्योग तथा कलकारखानाहरु आवश्यक रहेको बताउँदै उनले उद्योगको विकासलेमात्र समृद्धि हाँसिल गर्न सकिने धारणा राखेका थिए । आफ्ना उत्पादनहरु व्यापारीहरुले बिक्रि गर्न उपभोक्तासम्म बस्तुलाई पुर्याउने हो भने आफुहरुको व्यापारले थप उचाई लिने उनले आशा ब्यक्त गरे । ब्यापारीहरुले स्वदेशी ब्रान्डलाई बिक्रि बितरणमा जोड दिन आवश्यक रहेकोपनि उनको भनाई छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।