logo

भिजिट भिसामा खाडी र अफ्रिकी देश जान महिलालाई कडाइ

    1608   पटक पढिएको

२ मंसिर / अर्थ र व्यापार - सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो ।

अब खाडी देश (यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन ), मलेसिया तथा अफ्रिकी देश र अन्य जोखिमपूर्ण देशमा जाँदा अध्यागमन विभागले पासपोर्ट, भिसा, बोर्डिङ पास, आतेजाते टिकट, प्रायोजक भए उसको पत्र, होटेल बुकिङको प्रमाणित पत्रसमेत माग्ने छ ।

सबाहेक महिलाका हकमा विदेशमा रहेको आफन्त वा साथमा जान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात, गन्तव्य मुलुकमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात र निज विदेशमा रहेको प्रमाण खुल्ने कागजात आवश्यक पर्ने छ । ट्राभल एजेन्सीबाट घुमफिरमा जान लागेको भए त्यसको पत्र र लिखित स्वघोषणा गरेपछि मात्र उनीहरुलाई अनुमति दिने गरी नीति परिवर्तन गरिएको छ ।

महिला वा पुरुष जुनसुकै व्यक्ति पनि पर्यटक भिसामा जाँदा अध्यागमनले हेर्ने कागजात थप गरिएको छ । अमेरिका, क्यानाडा, यूरोप, अष्ट्रेलिया, जापान र दक्षिण कोरिया भ्रमणमा जाँदा पासपोर्ट, भिसा, आतेजाते टिकट र बोर्डिङ पास अनिवार्य हुनेछ । यसबाहेक स्पोन्सर लेटर, होटेल बुकिङ वा साथमा १ हजार डलरसम्म बोकेको प्रमाण देखाउनुपर्ने छ । ती देशमा आफु कालोसुचीमा नरहेको प्रमाणित हुने पत्रसमेत अध्यागमनले माग्ने भएको छ ।

चीन, थाइल्याण्ड, अफ्रिकी मुलुकबाहेक नेपालीका लागि अनअराइभल भिसा पाउने मुलुक तथा भारत र बंगलादेशबाहेक सार्कका अन्य देशको भ्रमणमा जाँदासमेत सोही प्रावधान राखिएको छ । भारत जाने क्रममा भने राहदानी वा नागरिकता, बोर्डिङ पास हेरिनेछ । भारत जाँदा त्यहाँबाट कन्टेक्टिङ फ्लाइटमा अन्य मुलुकमा जाने गरी भिसा लिएको भए त्यसको अध्यागमनले परीक्षण गर्ने भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।