logo

सुधिर बस्नेतद्वारा भेगास सिटी निर्माणको डिपिआर तयार गरि समितिमा पेश

    1647   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार - सहकारी संस्था तथा संघको व्यवस्थापन समितिले भेगास सिटी निर्माणको विस्तृत परियोजना रिपोर्ट तयार पार्न निर्देशन दिएपछि घरजग्गा व्यवसायी सुधिर बस्नेतले डिपिआर तयार गरि समितिमा पेश गरेका छन् । डिपिआर पेश गरेका बस्नेतले डिपिआरको अध्ययनपछि भेगास सिटीको बाँकी काम कम्पनी सञ्चालकले गर्ने वा समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले गर्नेबारे लिखित जवाफ माग गरेका छन ।

काम कम्पनी संचालकले गर्ने वा व्यवस्थापन समिती स्वयमले गर्ने सोको जानकारी आम सरोकारवालाले पाउने छन, व्यवस्थापन समितिले जिम्मेवारपूर्ण ढंगले जवाफ दिने नै छ भन्ने लागेको छ । डिपिआर तयार गर्दा बजार मुल्य, श्रमिक ज्याला, बनाउन लाग्ने खर्च समेतको विवरण साथ बास्तविकताको आधारमा तयार गरेको समेत उनको दावी छ ।

त्यसैगरी निर्माणको लागि आवश्यक रकम अभावका कारण भित्री भागको फनिसिङ गर्न पाउने जसले लागतमा समेत कमी आइ र व्यक्तिगत पुर्जा बनाउन समेत चाँडो हुने उल्लेख गरिएको छ । डिपिआर तयार गर्दा कुल भवनको ए, वि, सि, डि, इ, एफ मा २१ वटा विल्डिङमा रहेका ५७० वटा फल्याटहरुमा परिवर्तन भएको छ । व्लक ए लाई रद्ध गरि उक्त स्थानमा साना व्यक्तिगत कुल ३० वटा घर बनाउने र ६ महिनाभित्र निमार्ण सम्मन्न गरिने र ती घरहरु तुरुन्ट विक्री भई बैंक कर्जा र अन्य खर्च भुक्तानीमा सहज हुने उल्लेख गरिएको छ ।

त्यसै गरि विडिङ बि मा १२ तल्लाको डिजाइन भए पनि ५ महिनाभित्र पुर्जा निकाल्ने प्रयोजनका लागि १० तल्लासम्म मात्र निर्माण गरिने बताइएको छ । बिल्डिङ सि र डि मा भने हालको डिजाइनमा परिवर्तन गरि ५ वटा १२ तल्लाको विल्डिङ बनाउने योजना बनेको छ । त्यसै गरी बिल्डिङ एफ डिजाइन अनुसार नै १२ तल्लाको बनाइने डिपिआरमा उल्लेख छ ।

यसरी भेगास सिटी निर्माणको डिपिआर तयार पार्दा पहिलाको डिजाइनमा केहि परिवर्तन गरेका छन् । अपार्टमेण्टको साविकको डिजाइन परिवर्तन लगायतको सम्बन्धमा सरकारी स्तरबाट परिआउने बाधा व्यवधानको समाधानको अपेक्षा समेत कम्पनी सञ्चालक बस्नेतले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।