logo

यूटीएल र नेपाल स्याटेलाइटले बुझाएनन् इन्टर कनेक्सनको बक्यौता

    1631   पटक पढिएको

६ पुष / अर्थ र व्यापार - अन्तर-आवद्धतावापत शुल्कको बक्यौता नपाएपछि दूर सय्चार प्राधिकरणमा उजुरी गरेको नेपाल टेलिकम अब अदालत जाने की नजाने भन्ने विषयमा अधिकारीहरू छलफलमा छन् । 

यूटीएल र नेपाल स्याटेलाइटविरूद्ध नेपाल टेलिकमले २०७५ साउन ७ मा प्राधिकरणमा उजुरी दिएको थियो । इन्टर कनेक्सन - अन्तर(आवद्धता सेवा) वापतको शुल्क नतिरेको भन्दै १० प्रतिशत ब्याजसहित असुल उपर गरिदिन माग गर्दै दिएको उजुरी दिएको लामो समयसम्म पनि समाधान नआएपछि अब के गर्ने भन्दै छलफल भइरहेको हो । कसरी अघि बड्ने भन्ने विषयमा टेलिकम व्यवस्थापन टुंगोमा पुगिसकेको छैन । ’अब अदालत जाने विकल्पमाथि छलफल भइरहेको छ,’ टेलिकमका एक अधिकारीले भने । 

टेलिकमले बक्यौता दावी गरेका दुवै कम्पनीका सेवा हाल बन्द छन् । टेलिकमका अनुसार नेपाल स्याटेलाइटले २०७२ देखि ०७५ सम्म प्रयोग गरेको इन्टर - कनेक्सन बापत ८ करोड रूपैयाँ बुझाउन बाँकी छ । युनाइटेड टेलिकम लिमिटेड (युटीएल) ले पनि आव २०६९र७० देखि इन्टर - कनेक्सन सर्भिस शुल्क बुझाएको छैन। युटीएलले सेवा लिए वापतको करिब २३ करोड १७ लाख ४८ हजार र लिज लाइन वापतको ४ करोड ४९ लाख रूपैयाँ पनि नतिरेको टेलिकमको उजुरीमा छ ।  

उजुरी आएपछि विवाद समाधान गर्ने प्रयास भइरहेको प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए । उनका अनुसार प्राधिकरणले युटीएल र नेपाल स्याटलाइटसँग जवाफ मागेका थियो । नेपाल स्याटलाइटले उल्टै आफूले टेलिकमबाट २ करोड रुपैयाँ फिर्ता पाउनुपर्ने जवाफ दिएको छ । यूटीएलले तत्काल तिर्न नसक्ने जवाफ दिएको छ । ’दुवै कम्पनीको जवाफ आएको छ, हामी छलफलमै छौं,’ उनले भने ।

स्याटेलाइटले २०७४ अगाडि नै टेलिकमसँगको इन्टर कनेक्सन सेवा बिग्रिएको, तर पटक - पटक मर्मत गर्न अनुरोध गर्दा पनि नगरिदिएकाले पैसा नतिरेको बताएको छ । सिस्टम मर्मत गरिदिन भन्दै २ करोड रूपैयाँ टेलिकमलाई दिएको पनि दाबी गरेको छ। उक्त रकम टेलिकम बाट फिर्ता पाउनुपर्ने माग गरेको छ ।

यूटीएलले आफूले विदेशबाट ल्याउन लागेको लगानी रकम नआएको तथा अझै प्रक्रियामा रहेकाले तिर्न नसकेको जवाफ दिएको छ । युटीएलले आफ्नो पैसा आएको खण्डमा पुनः सेवा सुरू गर्ने भएकाले उक्त रकम आएपछि मात्रै बाँकी पैसा तिरेर फेरि सहकार्य गर्न तयार भएको जवाफ दिएको हो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।