logo

उद्योग सञ्चालनको प्रगति विवरण विभागमा नपठाए ७५ हजारसम्म जरिवान हुने

    2257   पटक पढिएको


१६ साउन/अर्थ र व्यापार– उद्योगहरुले आफ्नो वार्षिक प्रगति विवरण अनिवार्य रुपमा उद्योग विभागलाई बुझाउनुपर्न भएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७३ मा प्रत्येक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि तोकिए बमोजिमको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिने व्यवस्था छ । 

उद्योगहरुले अबदेखी अनिवार्य रुपमा उद्योगको वार्षिक प्रगति विवरण विभागमा दिनुपर्ने उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

उद्योग विभागले उद्योग सञ्चालनको वार्षिक विवरण अनलाइनमार्फत विभागमा पठाउन सकिने गरि इण्डष्ट्रिएल स्टाटिस्टिक इन्ट्री सिस्टम तयार पारेको छ ।

विभागले उद्योग सम्बद्ध विभिन्न छाता संगठनका प्रतिनिधिहरूसँग छलफल गरि अनलाइनबाट वार्षिक प्रगति विवरण पठाउनेबारे जानकारी गराइसकेको छ ।

अनलाइनमार्फत प्रगति विवरण पठाउन तयार पारिएको सिस्टमको गत आइतबारदेखि परिक्षण सुरु गरिएको छ ।
सिस्टम पूर्णरुपमा लागू भए पश्चात् विभागले सार्वजनिक सूचना जारी गर्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रगति विवरण नुबझाएको उद्योगको हकमा सूचना जारी भएको मितिले ३० दिन भित्र उद्योगको प्रगति विवरण पठाइसक्नुपर्ने छ ।

गत आर्थिक वर्ष २०७४/७५ को प्रगति विवरण नपठाएका उद्योगले भने अनिवार्य रुपमा वार्षिक प्रगति विवरण ऐनको व्यवस्था बमोजिम ६ महिना भित्र उक्त सिस्टममा उपलब्ध गराउनुपर्ने बिभागले जनाएको छ । 

ऐनमा तोकिएको विवरण तोकिएको अवधिभित्र उपलब्ध नगराएमा उद्योग दर्ता गर्ने निकायले प्रत्येक आर्थिक वर्षको लागि, लघु उद्योगलाई पाँच हजार रुपैयाँ, घरेलु उद्योगलाई १० हजार रुपैयाँ, साना उद्योगलाई २० हजार रुपैयाँ, मझौला उद्योगलाई ४० हजार रुपैयाँ र ठूला उद्योगलाई ७५ हजार रुपैयाँसम्म जरिवाना हुने विभागले जानकारी दिएको छ । 

उद्योगहरुको अद्यावधिक तथ्यांक विभागसँग उपलब्ध हुँदा आगामी दिनमा औद्योगिक नीति, रणनीति तय गर्न सहज हुने प्रवक्ता भुसालले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।