logo

उद्योगमा दोब्बर, उर्जामा तेब्बर लगानी भित्रियो, सुचना तथा सेवामा घट्यो  

    1580   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा भन्दा आर्थिक वर्ष २०७४/७५ मा दोब्बर बढी लगानी भित्रिएको छ ।

आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा ३ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ बराबरका उद्योग विभागमा दर्ता भएको उद्योग विभागले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा एक खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ बराबरका उद्योग विभागमा दर्ता भएका थिए । 
अघिल्लो आर्थिक वर्षको तुलनामा उद्योगको संख्या कम भएपनि लगानी भने दोब्बर बढी भएको हो । अघिल्लो वर्ष ५१० वटा उद्योग दर्ता भएकोमा गत वर्ष ४९६ वटा उद्योगमात्रै दर्ता भएका छन् ।

रोजगारी प्रतिवद्धता पनि अघिल्लो वर्षको भन्दा बढी भएको छ । अघिल्लो वर्ष २६ हजार ५३० जनालाई रोजागरीको प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा २७ हजार ३३९ जनालाई रोजगारीको प्रतिवद्धता गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा उर्जाका २० उद्योगमा ८२ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा ३९ उद्योगमा दुई खर्ब ३४ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा तेब्बर बढी लगानी प्रतिवद्धता हो ।

उर्जा क्षेत्रमा आएको यो लगानी प्रतिवद्धता गत आर्थिक वर्षमा आएको जम्मा लगानी प्रतिवद्धताको दुई तिहाई लगानी हो ।
स्वदेशीसँगै विदेशी लगानीकर्ताको रोजाइमा पनि जलविद्युत आयोजना परेकोले उर्जा क्षेत्रमा व्यापक लगानी प्रतिवद्धता भएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुषालले बताए ।

यस्तै उत्पादनमुलक उद्योगमा पनि गत वर्षको तुलनामा झण्डै दोब्बर लगानीको प्रतिवद्धता भएको छ। अघिल्लो आर्थिक वर्षमा १२५ उद्योगमा ४३ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा १३० उद्योगमा ७७ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको छ ।

पर्यटन उद्योगमा पनि अघिल्लो आर्थिक वर्षमा १५४ उद्योगमा १५ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा १५९ उद्योगमा २३ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ । 

यस्तै निर्माण उद्योगतर्फ अघिल्लो आर्थिक वर्षमा तीन उद्योगमा एक अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा चार उद्योगमा चार अर्ब ७३ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन खनिज उद्योगमा आठ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा चार खनिज उद्योगमा दुई अर्ब ४२ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ ।

सेवा, सूचना प्रविधि र कृषिजन्य उद्योगमा पनि लगानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा १६६ सेवामुलक उद्योगमा १५ अर्ब ८७ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा ११४ वटा सेवामुलक उद्योगमा पाँच अर्ब १३ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता भएको छ । 

अघिल्लो आर्थिक वर्षमा २५ वटा कृषिजन्य उद्योगमा तीन अर्ब २६ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा २२ उद्योगमा दुई अर्ब ५२ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता भएको छ ।

त्यसैगरी अघिल्लो आर्थिक वर्षमा १४ वटा सूचना प्रविधि उद्योगमा ९० करोड रुपैयाँ लगानी प्रतिवद्धता भएकोमा गत आर्थिक वर्षमा २४ उद्योगमा ७५ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।