logo

गाडी खरिदमा घोटाला भएको सांसदहरुको आरोप, एउटै गाडी दुई फरक मुल्यमा खरिद गरेपछि विवाद

    1530   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार  - प्रदेश नम्बर ५ मा दुई सरकारी निकायले एउटै गाडी दुई फरक मुल्यमा खरिद गरेपछि विवाद बढेको छ । सांसदहरुले गाडी खरिदमा घोटाला भएको आरोप लगाएका छन् । प्रदेशसभा र मन्त्रायलहरुले किनेका एउटै गाडीको मूल्य फरकफरक देखिएको हो । प्रदेशसभा सचिबालयले ई बिडिङमार्फत करिब ९ करोड रुपैयाँमा १३ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । ती गाडीको मूल्य प्रदेश सभाले खरिद गरेको गाडी उपसभामुख, सात समितिका सभापति र प्रमुख प्रतिपक्षी दलका नेताले चढ्दै आएका छन् ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले प्रदेश सभाले भन्दा १ लाख ४ हजार बढी मुल्यमा सोही गाडी खरिद गरेका छन् । सो गाडीमा मन्त्री सुदर्शन बराल, लिला गिरी र आरती पौडेल चढ्दै आएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने मन्त्रीका लागि स्कोर्पियो गाडी खरिद गरेको छ ।
मन्त्रालयले ७२ लाख ९९ हजारमा खरिद गरेको थियो भने प्रदेश सभाले ७१ लाख ९५ हजारमा किनेको हो । कम्पनीबाटै ‘फेज आउट’ भइसकेको गाडी सरकारी निकायमा जबजस्ती महगो मूल्यमा किनाइएको सांसदहरुको भनाइ छ । प्रदेश सभाका केही समिति सभापतिहरुले गाडीमा आधा करोडको घोटाला भएको आशंका गरेका छन् ।

प्रदेश ५ सरकार र प्रदेश सचिवालयले चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँभन्दा बढीका सवारीसाधन खरिद गरेका छन् । सचिबालयमा स्कोर्पियो किन्ने सहमति भैसकेको अवस्थामा आर्थिक चलखेलकै कारण टाटा स्ट्रोम भित्र्याइएको देखिन्छ ।
भारतमै असफल भई नेपालमा बिक्री नहुने गाडीलाई प्रदेश सरकार र प्रदेशसभा सचिवालयमा चलाखीपूर्णरूपमा खरिद गरिएको हो । सार्वजनिक खरिद ऐनमा २० लाख रुपैयाँभन्दा बढीको कारोबार सरकारी निकायले ई–बिडिङमार्फत गर्न पाउने ब्यबस्था रहेको छ  ।

यसै आधारमा टाटा कम्पनीले सिप्रदी ट्रेडिङ कम्पनीमार्फत प्रदेश सरकारलाई गाडी उपलब्ध गराएको हो । प्रदेशसभाका नेकपा सचेतक भूमिश्वर ढकालको जोडबलममा उनको आफ्नै लगानी रहेको सफल अटोले गाडि खरिदको काम गरेको हो  । सफल अटोमा बुटवलकै राजु खरेल, दिनेश शर्मा र प्रदीप ढुंगाना पनि सञ्चालक छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।