logo

त्रिपुरेश्वबाट कलङ्की हुँदै नागढुङगासम्म पुग्ने सडक ५० प्रतिशत कालोपत्रे पुरा

    1475   पटक पढिएको

२१ फागुन/ अर्थ र व्यापार  - त्रिपुरेश्वर – नागढुङगा सडकको ५० प्रतिशत कालोपत्रे पुरा भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार त्रिपुरेश्वबाट कलङ्की हुँदै नागढुङगासम्म पुग्ने १२.५ किलोमिटर सडक खण्डको करिव ६ किलोमिटर कालोपत्रे पुरा भएको हो । अहिले कलङ्की चोकबाट कालीमाटीतिरको भागमा धमाधम कालोपत्रे भइरहेको छ भने कलङ्कीबाट नागढुङगातिरका अधिकांश बाँकी ठाउँहरुमा कालोपत्रे गर्ने तयारी भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) विश्वविजयलाल श्रेष्ठले जानकारी दिए । 

मुआब्जा विवादका कारण पुरा हुनुपर्ने समयावधीसम्म एक तिहाई काम बल्लतल्ल भएपछि सर्वसाधरणले सडक विस्तारका नाममा धुवाँ, धुलो र सास्ती पाएको भन्दै यथास्थितिमा कालोपत्रे गर्ने निर्णय भएको थियो । तत्कालै जहाँ जती ठाउँ उपलब्ध छ त्यहाँ त्यति नै भाग कालोपत्रे गर्ने र सडक विस्तारको काम पनि जारी राख्ने गरि काम भइरहेको आयोजनाले जनाएको छ । उपलब्ध ठाउँअनुसार कालोपत्रे गर्न सुरु गरिएको भएपनि सडक विस्तार भने नरोकिने सिडिई श्रेष्ठले बताए ।

आयोजनाका अनुसार आगामी बैशाखसम्ममा कालोपत्रे पुरा गर्ने गर्ने लक्ष्य राखिएको छ । कालोपत्रे गर्नुअघि पुर्वाधार तयार पार्नका लागि समय लाग्ने हो । कालोपत्रे सकेपछि जेठमा सडकको लेन छुट्याउने पेन्टिङ गर्ने लगायतका फिनिसिङका काम गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ । आयोजनाले सडक निर्माण समयमा नै सक्ने भन्दै चार बर्षअघि चार प्याकेज बनाएर ठेक्का लगाएको थियो । त्रिपुरेश्वरदेखि कलङ्की ३.३८०  किलोमिटरको पहिलो प्याकेज बज्रगुरुरविरुवार सिएम जेभीले पाएको छ । जसको ६० प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ । अहिले यो खण्डमा धमाधम कालोपत्रे भइरहेको छ । 

दोस्रो कलङ्कीदेखि सतुङगल तीन किमीको प्याकेज शर्मार शैलुङर कान्छाराम जेभीले पाएको छ । यो खण्डमा पनि कालोपत्रे भइरहेको छ भने केहि भागमा वेसमेन्ट तयारीको काम भइरहेको छ । सतुङगलदेखि त्रिभुवन पार्क तेस्रो प्याकेजको जिम्मा लुम्विनी र शैलुङरसाप जेभीले पाएको छ । तीन किलोमिटर यो खण्डमा पनि धमाधम कालोपत्रे गर्नका लागि वेसमेन्ट तयार पार्ने काम भैरहेको आयोजनाले जनाएको छ । त्रिभुवनपार्कदेखि नागढुङगासम्मको अन्तिम प्याकेज शर्मार शैलुङर कान्छाराम जेभीले पाएको छ। ३.१०० किमीको यो खण्ड लगभग तयार हुने अवस्थामा रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।