logo

सरकारले रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने तयारी, १ अर्ब लागत लाग्ने अनुमान

    1712   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार - सरकारले १ अर्ब लागतमा दुई वटा रेलको इन्जिन खरिद गरेर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ । रेल सञ्चालनका लागि सरकारले शुरूमा रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको रेल विभागका अनुसार एउटा सेटमा ५ डिब्बा र २ इञ्जिन रहनेछ । भारतीय सरकारमार्फत खरिद गरिने रेलका सेटको मूल्यबारे छलफल भइरहेको । तर औसतमा ती रेलको मूल्य १ अर्ब रुपैयाँ जति पर्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले केही दिन पहिले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि रेलमार्ग सञ्चालनका लागि भारत सरकारसँग रेल खरिदको विषयमा परामर्श भइरहेको बताएका थिए । उनले तत्कालका लागि रेल खरिद गर्नु नै उत्तम विकल्प हुने बताएका थिए । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणमा संलग्न भारतीय प्राविधिकले रेल गुढाउन रेलमार्ग तयार रहेका वा नरहेको भन्ने बारेमा आवश्यक परिक्षण गर्ने तयारी गरेको छ । त्यसमा नेपाली प्राविधिकले समेत परिक्षण गर्ने छन् ।

रेल विभागले रेलको २ वटा सेट खरिद गर्न लागेको छ । त्यसमा एउटा सेटको मूल्य ५० करोडको हाराहारीमा हुनेछ । रेलमार्गको दुरी छोटो भएकाले अत्याधुनिक सुविधा तत्कालका लागि नचाहिने निष्कर्षमा विभाग पुगेको छ । अत्याधुनिक सुविधा जडान गर्दा थप बढी मूल्य पर्न जान्छ । त्यसमा एसी, सुत्न मिल्ने बेड, तथा अन्य अत्यावश्यकीय सेवा तथा सुविधा समेत उपलब्ध गराउनुपर्नेछ । तर रेलमार्गको दुरी नै कम भएका कारण ती सबै सुविधा तत्काल राख्ने कि नराख्ने भन्ने बारेमा भने केही निर्णय भएको छैन । कम सुविधा उपलब्ध गराउन लागिएका कारण रेलको मूल्य केही घटन सक्ने विभागको भनाइ छ ।

हाल सञ्चालनमा ल्याउन लागिएको रेल प्रतिघण्टा १ सय ६० किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ । विभागकाअनुसार भारतीय पक्षसँग सम्झौता भएको ९० दिन भित्र रेल ल्याउन सकिन्छ । भारतीय पक्षले सो समयभित्र रेल उपलब्ध गराउन सकिने बताएको छ । विगतमा पनि जनकपुर जयनगरमा रेल सञ्चालन हुने गर्दथ्यो । सो समयमा नेपालमा चल्ने रेल कोइलाबाट चल्थ्यो । हाल चलाउन लागिएको रेल डिजलबाट चलाउन लागिएको छ । नेपाली रेल चालकसँग न्यारोगेज रेल चलाएको मात्रै अनुभव भएकाले प्रशिक्षणको क्रममा भारतीय चालक ल्याएर उनीहरुबाट प्रशिक्षण दिने तयारी गरिएको छ । हाल निर्माण भएको रेलमार्ग ब्रोडगेज हो ।
रेलमार्ग निर्माणमा विषयमा उत्तरी छिमेकी देश चीनका प्राविधिकहरुले पनि आवश्यक तयारी गरेका छन् । हालै सम्पन्न नेपाली अधिकारी र चिनियाँ अधिकारीको संयुक्त बैठकले केरुङ काठमाडौं रेलमार्गको डिपिआर तयार पार्ने सहमति भएको छ । डिपिआरलाई चाँडै अन्तिम रुप दिएर रेलमार्गको लागत तथा अन्य प्राविधिक पक्ष टुंगो लगाएर रेलमार्ग निर्माण गर्ने तयारी गरिएको छ । केरुङ काठमाडौं रेलमार्गको दुरी ८० किलोमिटरको आसपासमा रहनेछ । सो रेलमार्ग निर्माणका लागि हालको मूल्यमा ३ खर्ब र मूल्य समायोजन हुँदै जाँदा ४ खर्बसम्म लागत पर्न जाने अनुमान गरिएको छ । तर डिपिआर तयार भएपछि मात्रै रेलमार्गको लागत तय हुने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।