logo

नेपाली उपभोक्ताको ट्रेडमार्क प्रतिको आकर्षण बढ्दो, ट्रेडमार्क लिनका लागि ७९ हजार निवदेन

    1625   पटक पढिएको

१४ माघ/ अर्थ र व्यापार - उद्योग विभाग अन्र्तगतको ट्रेडमार्क शाखाका अनुसार हाल सम्म ट्रेडमार्क लिनका लागि ७९ हजार निवदेन परेका छन् । जसमध्ये ४७ हजार ३ सय ६८ कम्पनीले ट्रेडमार्क चिन्ह लिइ सकेको छन् । बौद्धिक सम्पत्तिको रुपमा चिनिने ट्रेडमार्क लिनका लागि निवेदन दिने कम्पनीहरुको संख्या बाक्लो रहेको छ ।

पहिला ट्रेडमार्क चिन्ह लिन आउने कम्पनी धेरै नहुने हुदाँ निवदेन दिएका जति सम्पूर्ण कम्पनीले ट्रेडमार्क चिन्ह प्राप्त नगरेको हुनसक्ने शाखाका निर्देशक भीमप्रसाद भट्टराईले बताए । ट्रेडमार्क प्राप्त गरेपछि कुनै पनि उत्पादित वस्तुमा कुनै एक स्थानमा गोलाकार भित्र टि लेखिएको देख्न सकिने शाखाले जनाएको छ । यस्तै गोलाकार भित्र आर भन्ने शब्द भएमा भने त्यो रजिष्ट्रर मात्र भएको बुझिन्छ । बौद्धिक सम्पति मानिने ट्रेडमार्क चिन्ह भने कम्पनी आफैले तयार गरेर उद्योग विभागको ट्रेडमार्क शाखामा दर्ताका लागि निवेदन दिने गर्छन् ।

निवेदन पश्चात शाखाले ९० दिनको समयसीमा राखी एक सूचना प्रकाशित गर्छ र उक्त अवधिमा कुनै गुनासा तथा उजुरी नआएमा सम्वन्धित कम्पनीलाई ट्रेडमार्क प्रदान गर्छ । त्यसैले कुनै पनि कम्पनीले ट्रेडमार्क लिनको लागि निवेदन दिएको समय समेत गरी ६ देखि ८ महिनाको समयमा ट्रेडमार्क चिन्ह प्राप्त गर्न सक्ने निर्देशक भट्टराईले बताए । उनले धेरैजसो उद्योग, कलकारखाना निर्माण हुदाँ टे«डमार्क चिन्हको लागि निवदेन दिनेको संख्या बढी हुने बताँउदै यो नै समयमा टेडमार्क चिन्ह धेरै लिन आए भने भन्न नसकिने बताए ।

ट्रेडमार्क तुलनामा डिजाइन र पेटेन्ट दर्ताको संख्या भने कम छ । हालसम्म डिजाइन दर्ताको संख्या १५९ र पेटेन्ट दर्ताको संख्या भने ७७ रहेको शाखाले जनाएको छ । डिजाइन भन्नाले उत्पादित सामग्रीको बनोट हो भने पेटेन्ट भन्नाले उत्पादित वस्तुको समश्रिण भनेर बुझिने निर्देशक भटराईले बताए । ट्रेडमार्क प्रदान गर्ने विषयमा नेपालमा कानुन भने बनिसकेको छैन । तर, ट्रेडमार्क चिन्ह प्रदान गर्नको लागि सरकारले ऐन अर्थात् निर्देशिका भने बनाएको छ । उसले पेटेन्ट, डिजाइन ,ट्रेडमार्क ऐन २०२२ निर्माण गरेको छ । सोहि आधारमा रहेर कम्पनीहरुलाई ट्रेडमार्क चिन्ह प्रदान गर्छ । निर्देशक भटराईका अनुसार उक्त ऐन पेरिस सन्घि १८८३ को आधारमा रहेर निर्माण गरिएको बताए ।

ट्रेडमार्क प्रदान गर्ने विषय भनेको नेपालको मात्र नभएर अन्तराष्ट्रिय जगतमा एकै खालको अभ्यासबाट प्रदान गरिने उनले बताए । ट्रेडमार्क लिनेको संख्या बढ्दा जोखिम पनि रहने शाखाले जनाएको छ । लोकप्रिय भइसकेका कम्पनी र तिनका ट्रेडमार्कको नक्कल गर्ने प्रचलन बढेको शाखाले जनाएको छ । शाखामा ट्रेडमार्क विषयलाई लिएर २०७४ भदौदेखि मात्र ६८३ वटा मुद्धा दर्ता भएको जनाएको छ ।

२०७४र७५ मा मात्र ट्रेडमार्क नक्कल गरेको भन्दै ३०८ वटा मुद्धा परेको छ भने जसअन्र्तगत ६८ वटा मुद्धा फर्चाैयट गरेको शाखाले जनाएको छ । ऐन अनुसार नक्कलको गरेको प्रमाणित भएमा १ लाख सम्म जरीवाना लगायतका प्रावधान रहेको छ । धेरैजसो विदेशी कम्पनीले ट्रेडमार्कको विषयमा उजुरी गरेको बताइएको छ । शाखाको अनुसार चर्चित कम्पनीहरुको ट्रेडमार्क राखी बेचबेखन गर्ने गरेको पाइएको जनाएको छ । शाखामा उजुरी आउनेमा सबैभन्दा बढी ट्रेडमार्कमा आउने र थोरैमात्र डिजाइन र पेटेन्टमा आउने गरेको बताइएको छ ।

ट्रेडमार्कले कुनै पनि कम्पनीको सामग्री कस्तो छ, जनतामा कति चर्चित छ लगायतका जानकारी दिने हुनाले उक्त ट्रेडमार्क मार्फत् नै उपभोक्ताले सामानको माग गर्ने गरेको पाईन्छ । नेपाली उपभोक्ताले पहिला त्यति धेरै ट्रेडमार्कको विषयमा ध्यान नदिए पनि पछिल्लो समय भने ट्रेडमार्क हेरेर उपभोक्ताले सामान प्रयोग गर्ने गरेको पाईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।