logo

घातक र दुर्घटना बीमाको अधिकतम सीमा तोकियो, १० लाखबढीको बीमा गर्न डाक्टरको सिफारिस अनिवार्य

    1863   पटक पढिएको

२३ मंसिर / अर्थ र व्यापार - यसअघि बैंकहरुले निःशुल्क बीमा गर्ने भनेर गरेको प्रचारप्रचारमा मन्दी आउने भएको छ । यसका लागि बीमा समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गरेको छ ।

बीमकले विभिन्न संस्थासँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा एवम् बीमा व्यवसायको प्रचारप्रचार गर्दा एकरुपता कायम हो भनेर बीमा जोखिमाङकन कार्यलाई व्यवस्थित बनाउन उक्त मार्गदर्शन जारी गरेको छ ।

यो मार्गदर्शन कार्यान्वयनमा आएसँगै बीमकले विभिन्न संस्थासँगको सहकार्यमा बीमा व्यवसायको प्रचार–प्रसार गर्दा सम्बन्धित बीमकको नाम उल्लेख गर्न वा बीमकसँगको सहकार्यमा बीमा भएको भन्ने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै बीमकले विभिन्न संस्थासँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बीमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै तिर्ने भएमा यसको बीमा प्रिमियम शुल्क ‘संस्था स्वंयले व्यहोर्ने’ भन्ने सूचना दिनुपर्ने छ ।

उक्त मार्गदर्शनमा घातक रोगको बीमांकको अधिकतम १० लाख, दुर्घटना बीमाको अधिकतम १० लाख र औषधोपचार बीमाको अधिकतम १ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको छ । यस्तै घातक रोगको बीमाङकको हद १० लाख र औषधोपचार बीमा पूरक करारको हद १ लाख रुपैयाँ छ । बीमित सदस्यको स्वास्थ्य जाँच गरी प्रत्येक घातक रोगको चिकित्सकको स्वास्थ्य परीक्षण प्रतिवेदन संलग्न राखी बीमकले जोखिमांकन (अन्डरराइटिङ) गरेको हुनुपर्ने व्यवस्था छ ।

समितिले जारी गरेको मार्गदर्शनमा बीमकले उक्त मार्गदर्शनको अधिनमा रही नयाँ बीमालेख जारी गर्दा पुरानो बीमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मूल बीमालेख जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।मार्गदर्शनमा संस्थाले आफ्ना निक्षेपकर्ता, सदस्य जा ऋणीको औषधोपचार बीमा तथा घातक रोग राइडरको सुविधा प्रदान गर्दा ग्राहकको पहिचान केवाईसी र स्वास्थ्य सम्बन्धी फारम भर्नुपर्ने व्यवस्था रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।