logo

फालिएका प्लाष्टिक घोराही उपमहानगरपालिकाले किन्ने

    1522   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार -  घोराही उपमहानगरपालिकाले फालिएका प्लाष्टिक र प्लाष्टिकजन्य वस्तु उपभोक्ताबाट खरीद गर्ने भएको छ । प्लाष्टिकजन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न बरू उपमहानगरपालिकालाई बेच्न उपभोक्तालाई आग्रह गरेको छ ।

कार्य्विधि बनाइसकेपछि प्लाष्टिक खरीदको कामलाई अघि बढाइने उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख प्रेम केसीले जानकारी दिए । ‘पहिले कुन–कुन वडाको कहाँबाट प्लाष्टिक खरीद गर्ने भनेर कार्य्विधि बनाउँछौँ,’ केसीले भने, ‘कार्य्विधि बनाएपछि प्लाष्टिक खरीदलाई अघि बढाइनेछ ।’

टोल विकास संस्था, सामुदायिक वन, युवा क्लबलगायतका संघ संस्थामार्फत प्लाष्टिक खरीद गरिने प्लाष्टिकजन्य पदार्थलाई उपमहानगरपालिका आफैंले बिक्री गर्ने छ । त्यसका लागि हेटौँडामा रहेको प्लाष्टिक उद्योगसँग कुरा अघि बढाइएको छ ।

घोराही उपमहानगरपालिकामा दैनिक २३ टनसम्म फोहर संकलन हुँदै आएको छ । बजार क्षेत्रको फोहरलाई वडा नम्बर १६ स्थित डम्पिङ साइटमा बिसर्जन गरिन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।