logo

जाडो बढेपछि विजुलीको माग ह्वात्तै बढ्यो, झ्याप्प झ्याप्प लाइनका काटिँदा के गर्दैछन् कुलमान ?

    1643   पटक पढिएको

२० पुस / अर्थ र व्यापार - देशभर चिसो बढेका कारण बिजुलीको माग ह्वात्तै बढ्दा काठमाडौं उपत्यका लगायत प्रमुख शहरी क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या देखिएको छ ।

निरन्तर विद्युत् माग बढ्दै गएको छ, प्राधिरकणको भार प्रेषण केन्द्रले जनाएको छ । उसले भनेको छ जाडोको समयमा हिटर तथा कोठा तातो बनाउने उपकरणको अत्याधिक प्रयोग बढेको छ । जसका कारण विद्युत् माग अप्रत्यासित रुपमा बढेको छ ।

देशव्यापी रुपमा विद्युत् माग बढेर १ हजार ३५२ मेगावाट पुगेको छ । विद्युत् माग बढ्नु सकारात्मक भएपनि प्राधिकरणको कमजोर प्रसारण प्रणालीले विद्युत् उपलब्ध गराउन समस्या पैदा भएको छ । जाडोको समयमा दैनिक नै दर्जन बढी पटक विद्युत् लाइन काटिएको सूचना आएको छ ।
मर्मतका लागि जनशक्ति परिचालित भएपनि एकै वितरण केन्द्रका धेरै स्थानमा समस्या आउने गरेको छ ।

समस्या समाधानका लागि प्राधिरकणको जनशक्ति नियमित परिचालन भएपनि विद्युत् माग बढ्दा त्यसलाई व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मे हम्मे परेको छ । राजधानीमा मात्रै सोचेभन्दा बढी विद्युत् माग भएको छ । जसका कारण माग एकै पटक १३० मेगावाटको हाराहारीमा बढेको छ ।

दिउँसोको माग समेत उस्तै बढेको छ । सामान्यता साँझ विहानको समयमा बढी माग हुने भएपनि जाडोको समयमा एकै प्रकारको माग बढ्ने भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।

माग बढेपछि अघिल्लो साता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राविधिक टोलीसहित राजधानीका नयाँ बानेश्वर, बलाजु, सिफल, सानो ठिमी, टेकुलगायतका सवस्टेशनको अनुमगन समेत गरेका थिए । राजधानीमा विद्युतीय उपकरण प्रयोग गर्नेको संख्यामा बढोत्तरी भएपनि प्राधिकरणले प्रसारण एवम् वितरण प्रणालीमा आशातित सुधार गर्न सकेको छैन । सुधारको क्रम जारी भएपनि पुग्दो भएको छैन । वितरण प्रणालीको सुधार, ट्रान्सफर्मरको क्षमता वृद्धि लगायतका काम जारी भएपनि त्यसले अपेक्षित नतिजा निकाल्न सकेको छैन ।

‘काम जारी छ, प्रयास भइरहेको छ, माग बढेको छ,’ प्राधिरकण स्रोतले भन्यो ‘ व्यवस्थापनका लागि गृहकार्य सहित काम भइरहेको छ, तर कहीँ कतै समस्या अझै देखिएको छ । त्यसलाई सुधार गर्न लागिपरेका छौ ।’

प्रमुख शहरहरु विशेष गरी पोखरा, विारटनगर, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज तथा धनगढीमा पनि विद्युत् माग ह्वात्तै बढेको छ । बढेको मागलाई व्यवस्थापन गर्न प्राधिकरणले जनशत्तिःलाई त्म्तयारी हालतमा राखेको छ ।

समस्या आउने बित्तिकै प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा ग्रीडहरुमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । यस्तै उसले चोरी नियन्त्रणको कामलाई समेत उत्तिकै प्रभावकारी बनाएको छ ।

माग बढ्नुलाई सकारात्मक रुपमा लिँदै वितरण र प्रसारण प्रणालीलाई चुस्त बनाउन गरिएको प्रयासको निकट भविस्यमा नै त्यसको सार्थक परिणाम निस्कने प्राधिकरणको विश्वास छ ।

‘हामीले विद्युत् खपत बढाउन आग्रह गरेकै हौ, तर वितरण प्रणाली एवम् प्रसाराण् प्रणालीको काम नसकिदै आएको माग व्यवस्थापन गर्दा कही कतै समस्या आएको हुन सक्छ, त्यसको व्यवस्थापनमा हामी लागेका छौ,’ स्रोतले भन्यो ।

विद्युत् माग अझै बढ्ने प्राधिकरणको प्रक्षेपण छ, चालु आवको अन्त्यसम्म प्रणालीमा थप १ हजार मेगावाट विद्युत् थप हुँदा त्यसलाई व्यवस्थापन गर्न अझै ठूलो जोखिम मोल्नुपर्ने देखिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।