logo

आज मन्त्रिमण्डल पुनर्गठन हुनेस् शीर्ष नेता परामर्शमा, नेकपा सचिवालय बैठक बस्दै

    1545   पटक पढिएको

४ मंसिर / अर्थ र व्यापार - मन्त्रिपरिषद् हेरफेरको तयारीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहान ९ बजे बोलाइएको बैठक १२ बजे सारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा हेरफेरको जानकारी पनि दिइसकेका छन्।

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच अनौपचारिक परामर्श हुनेछ। नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीले ओली तयार पारेको हटाइने र थप गर्ने मन्त्रीको सूचीबारे परामर्श हुनेछ। शीर्ष नेताबीचको परामर्शपछि सचिवालयले प्रधानमन्त्रीलाई हेरफेरको अधिकार दिनेछ। 

नेकपा स्रोतहरुका पूर्व एमालेबाट मन्त्री बनेका लालबाबु पण्डित, थममाया थापा, जगत विश्वकर्मा, रघुवीर महासेठलाई हटाउने तयारी प्रधानमन्त्रीको छ। श्रम मन्त्री गोकर्ण विष्टलाई हटाइने वा मन्त्रालय हेरफेर हुन सक्ने एक नेताको दाबी छ। 

यस्तै, पूर्व माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका मातृका यादव र चक्रपाणि खनाल हटाइने सूचीमा रहेको बताइन्छ। खानेपानीमन्त्री बिना मगर तथा गृहमन्त्री रामबहादुर थापाको नाममा परामर्श जारी रहेको स्रोतको दाबी छ। 

सचिवालय बैठकबाट अनुमति पाएमा ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन गर्नेछन्। अपराह्न ४ बजे शपथको सम्भावित समय तोकिएको छ। तर, राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा जानकारी पठाइएको छैन। 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।