logo

काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रम जारी, न्युनतम ०.५ डिग्री सेल्सियस  कायम

    2163   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार  - काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस छ । तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान मौसमविदको छ ।मौसमविद् समिर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् । देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार भएको मौसमविद् श्रेष्ठले बताए । उनले यसबाहेकका सहायक कारणले पनि चिसो बढाइरहेको बताए । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

यसैबीच, मंगलबार र बुधबार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविदहरुले गरेका छन् । मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए । बुधबार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ । यसैगरी बुधबार राति देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने मौसमविदको पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशकै सबैभन्दा बढी चिसो जुम्लामा छ । सोमबार बिहान ८ः४५ मा गरिएको रेकर्डअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री मापन भएको छ । दिउँसोको समयमा भने यहाँको तापक्रम बढ्ने गरेको छ । महाशाखाले दिउँसो यहाँको अधिकतम तापक्रम १४.४ पुग्ने प्रक्षेपण गरेको छ । काठमाडौं र दिपायलमा पनि चिसोको मात्रा करिब करिब उस्तै छ । दिपायलको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको न्यूनतम तापक्रम २.८ छ ।
देशका धेरैजसो क्षेत्रको न्युनतम ताक्रम ४ र ५ डिग्री सेल्सियसको बीचमा छ । ओखलढुंगामा ७ र धनकुटामा भने ६.६ डिग्री सेल्सियस छ । विगत वर्षहरुमा तराई तथा मधेसमा पुस शुरु भएदेखि नै शीतलहर चल्ने गरेको थियो । यसकै कारण कैयनको ज्यानसमेत जाने गरेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, तराई तथा मधेसमा यस वर्ष शीतलहर अझै सुरु भइसकेको छैन । बाक्लो हुस्सु लागे पनि शीतलहर भइनसकेको मौसमविद् श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।