logo

मन्त्रालयमा रोकियो दूरसञ्चार पूर्वाधार फाइल

    1622   पटक पढिएको

३ मंसिर / अर्थ र व्यापार -  दूर सञ्चार प्राधिकरणले छुट्टै कम्पनीमार्फत दूरसञ्चार सेवा प्रदायकहरूका लागि पूर्वाधार विकास गर्न तयार पारेको पूर्वाधार सहप्रयोग सम्बन्धि फाइल डेढ वर्षदेखि सूचना तथा प्रविधि मन्त्रालयमा रोकिएको छ । 

टेलिकम कम्पनीलाई चाहिने टावर लगायतका पूर्वाधारको सेवा छुट्टै कम्पनीमार्फत उपलब्ध गराउन सके सेवाको गुणस्तर बृद्धि हुने र नियमन पनि सजिलो हुने निष्कर्ष प्राधिकरणका अधिकारीहरूको छ । 
त्यसैले काम  गर्न कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको थियो। जसअनुसार प्राधिकरणले तीन कम्पनी छनोट गरेर स्वीकृतिका लागि डेढ वर्षअघि फाइल मन्त्रालयमा पठाएको थियो । मन्त्रालयबाट स्वीकृत गर्न ढिलाई हुँदा प्राधिकरणले कम्पनी छनोट तथा ठेक्का प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

कानुनी प्रक्रिया, छनोटमा परेका कम्पनीको अनुभव, दक्षता, आर्थिक हैसियत, लगानीको स्रोत र निर्माणको मोडालिटि लगायतका पक्षमा अध्ययन गर्ने समय लाग्दा केही ढिलाई भए पनि अब नहुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले दाबी गर्छन् । 

मन्त्रालयबाट स्वीकृत भएर फाइल आएपछि मात्रै छनोट भएका कम्पनीले पूर्वाधार निर्माणको जिम्मा दिन मिल्छ । ‘निर्णय गर्न मन्त्रालय पठाएका थियौं,’ प्राधिकरणका निर्देशक पुरुषोत्तम  खनालले भने, ’किन ढिलाई गरेको छ  हामीलाई थाहा भएन ।’ प्राधिकरणले पूर्वाधार विकास कम्पनीको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँछ । तर मन्त्रालयमा उक्त फाइलको अध्ययन समेत भएको छैन ।

‘मन्त्रीज्युले अध्ययन गर्नुभएको छैन । उहाँले अध्ययन गरि स्वीकृत गरेपछिमात्रै मन्त्री परिषदमा पठाउनु पर्छ,’ मन्त्रालयकी प्रवक्ता संगिता ओझाले बिजमाण्डूसँग भनिन्, ’यत्ति नै समय लाग्छ एकिन गरि भन्न सकिन्न ।’ 

पूर्वाधार विकास कम्पनी निर्माण गर्ने बारेमा मन्त्रालय र प्राधिकरणका उच्च अधिकारीमा विवाद छ । ठूला टेलिकम कम्पनीले देशको अधिकांश स्थानमा आआफ्ना पूर्वाधार तयार गरिसकेका छन् । नेपाल टेलिकम र एनसेल मुलुकका अधिकांश भागमा पुगेका छन् । उनीहरूले धमाधम टावर बिस्तार गरिरहेका छन् । 

सहप्रयोग गर्दा आफ्नो बजार भएको स्थानमा अर्को कम्पनी आउन खोज्दा समस्या सिर्जना गर्न सक्ने वा समयमा स्वीकृति र ठाउँ नपाउने लगायतका समस्या हुन सक्ने भएकाले स्वतन्त्र कम्पनीबाट पूर्वाधार निर्माण गर्नुपर्ने तर्क प्राधिकरणका अधिकारीहरूको छ ।

पूर्वाधारमा भएको दोहोरो लगानी कम गर्ने, गुणस्तरीय सेवा दिने र मूल्यको समायोजन हुने भएकाले एउटै कम्पनीबाट पूर्वाधार विकास गर्ने अवधारणा आएको हो । दुर्गम क्षेत्रमा सेवा बिस्तार गर्दा धेरै टावर निर्माण गर्नुपर्ने र खर्चिलो हुने भएकाले यसको व्यवस्थापनका लागि पूर्वाधार विकास कम्पनी आवश्यक रहेको प्राधिकरणको भनाई छ । 

पूर्वाधार विकास कम्पनीमार्फत स्पेस सेयर गरि सेवा सञ्चालन गर्दा टेलिकम कम्पनीहरुले छुट्टाछुट्टै टावर निर्माण र लगानी गर्नुपर्दैन । टावरको प्रविधि र सुरक्षाबारेमा पनि टेलिकम कम्पनीहरू चिन्तामुक्त हुनेछन् । उनीहरूले छुट्टै कम्पनीबाट पूर्वाधारको सेवा लिँदा नियमनमा प्राधिकरणलाई पनि सजिलो हुनेछ । 

चालु अवस्थामा रहेका टावर खरिद गर्न इच्छुक रहेमा सोही कम्पनीले खरिद गरि सञ्चालन गर्न दिने कुरामा समेत छलफल भइरहेको प्राधिकरणका प्रवक्ता अर्यालले बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।