logo

कर तिर्न अटेर गर्ने १८ वटा व्यवसायीयक संस्थाको सूची सार्वजनिक

    1788   पटक पढिएको

१७ चैत्र /अर्थ र व्यापार - कर तिर्न अटेर गरेका विभिन्न १८ वटा व्यवसायीयक संस्थाको सूची सार्वजनिक गरिएको छ । करदाता कार्यालयले आज प्रकाशित गरेको सूचना अनुसार चिनियाँ कम्पनी देखि इटालीको कम्पनी सिएमसीसम्म रहेका छन् ।
नेपालमा पछिल्लो समय बदनामी मात्रै कमाएको चिनियाँ कम्पनी गेजुवाले समेत कर तिर्न अटेर गरेको ठूला करदाता कार्यालयले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । चिनियाँ कम्पनी गेजुवाले आयक र नतिरेको भन्दै सो कम्पनीका प्रमुख व्यक्ति थ्यान कङको नाममा सूचना प्रकाशित गरेको छ । तर के कति मात्रामा कर तिर्न हटेर गरेको हो भन्ने बारेमा सूचनामा केही पनि जानकारी दिइएको छैन ।

यस्तै मेलम्ची खानेपानी आयोजना अलपत्र पारेको सिएमसीलाई समेत कर तिर्नका लागि अटेर गरेको भन्दै सूचना प्रकाशित गरिएको छ । सो कम्पनीले तनहुँ सेती जलविद्युत् आयोजना समेत अलपत्र पारेको छ । सो कम्पनीका नेपाल हेर्ने प्रमुख व्यक्ति सालमाटोर कासीउरोलाई कर तिर्न आउन सूचनामा उल्लेख छ । यस्तै नेपाल टोबाकोका प्रकाशचन्द्र सक्सेना, अरनिको आँबु खेरेनी सिमेन्ट प्रालिका सुरेन्द्र तझ्या, अशोक स्टिलका पुनम चन्द अग्रवाल, देवेनरा टे«डिङका नारायणप्रसाद मुन्दडा, नोयल जिएमविएचका डेवेस मण्डल, भैरव फोटो एण्ड मल्ट सप्लायर्सका गोपालबहादुर पोख्रेल, त्रिपुरेश्वर कन्डक्टरका पदमप्रसाद लुइटेल, हिमालयन एयरलाइन्सले समेत आयकर र मूल्यकर समेत नतिरेको पाइएकाले कर तिर्न तोकता गरिएको हो ।

दिवंगत व्यापारी आङ छिरिङ शेर्पाको समेत लगानी रहेको हिमालयन एयरलाइन्सले समेत कर तिर्न अटेर गर्दै आएको छ । कर तिर्न अटेर गर्ने कम्पनी तथा व्यवसायीक फर्मलाई १५ दिनभित्र कर बुझाउन समेत आग्रह गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।