logo

पर्यटकलाई लक्षित गर्दै एनसेलले ल्यायो ‘टुरिष्ट सिम’, बसाइँ अवधिका आधारमा सेवा लिन सकिने

    1491   पटक पढिएको

८ माघ / अर्थ र व्यापार - एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै ‘टुरिष्ट सिम’ बिक्री सुरू गरेको छ। भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै कम्पनीले यो सिम ल्याएको हो।

पर्यटकले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलिङ गरिएको प्याकहरू लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पर्यटकले करसहित सय रूपैयाँमा सिमसहित स्टार्टर प्याक लिन सक्नेछन्। उक्त प्याकमा पर्यटकले ३० रूपैयाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको एक जीबी डेटा पाउने कम्पनीले जनाएको छ।

पर्यटकले आफ्नो नेपालको बसाइँ र सेवाको आवश्यकताअनुसार नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीनदेखि ३० दिनसम्म समयसीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कम्बो प्याकहरूमा तीनदिने प्याकको करसहित २ सय ९० रूपैयाँ पर्छ।

यो प्याकमा ३० मिनेट अल नेटवर्क भ्वाइस र ३ जीबी डेटा भोल्युम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाइस रहेको ७ दिने प्याकको करसहित ४ सय ९० रूपैयाँ तोकिएको छ। करसहित ९ सय ८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जीबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाइस बण्डल गरिएको प्याक लिनसक्ने छन्।

लामो समय नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक ३० दिने कम्बो प्याक लिन सक्ने छन्। कम्पनीका अनुसार २८ दिने प्याक अन्तर्गत पर्यटकले करसहित १ हजार ४ सय ७० रूपैयाँमा २८ जीबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाइस पाउँछन्।

त्यसैगरी ३० दिने प्याकअन्तर्गत करसहित २ हजार ८ सय ८८ रूपैयाँमा ८८ जीबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाइस सेवा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो सिम लिएपछि कम्बो प्याकका लागि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरि सेवा सञ्चालन गर्न सकिन्छ।

यो सिम त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको एनसेलको काउन्टर र देशका विभिन्न स्थानमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरूबाट लिन सक्ने कम्पनीले जनाएको छ। सिम लिन पर्यटकले आफ्नो पासपोर्ट साइज एउटा फोटो र राहदानीको फोटोकपि बुझाउनु पर्ने कम्पनीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।