logo

१५ अर्ब लगानी गर्न एआइआइबी समक्ष अर्थमन्त्रीको प्रस्ताव

    1630   पटक पढिएको


आषाढ १३ / अर्थ र व्यापार– अर्थमन्त्री डा युवराज खतिवडाले १०१ मेगावाट क्षमताको तामाकोशी पाचौँ जलविद्युत आयोजनाको निर्माणका लागि १५ अर्ब रुपैयाँ आवस्यक पर्ने भन्दै लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)समक्ष अनुरोध गरेका छन्। 
तेस्रो गभर्नर्स बैठकमा भाग लिन भारतको मुम्बई गएका खतिवडाले एआइआइबीका अध्यक्ष जिन लिकनसँग भेट गर्दै यो आयोजनामा सहयोगका लागि आग्रह गरेका हुन्। 

छलफलमा बैंकका अध्यक्ष जिनले यो आयोजनामा लगानी गर्ने विषयमा अध्ययन गर्ने र संभाव्य देखिए तुरुन्तै लगानीको निर्णय लिइने आश्वासन दिएका अर्थ मन्त्रालयले जनाएको छ। 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ’क्यास्केड प्रोजेक्ट’ का रुपमा तामाकोशी पाचौँ जलविद्युत आयोजना अघि बढाउन लागिएको हो। जर्मन परामर्शदाता कम्पनी ल्हामेहरले विस्तृत इन्जिनियरिङ र ड्रइङको काम गरिरहेको छ। यस्तै आयोजनाको ठेक्कासम्बन्धि कागजपत्र बनाउने जिम्मा पनि उसैलाई दिइएको छ। 

छलफलका क्रममा अर्थमन्त्री खतिवडाले नेपालमा रेलमार्ग, द्रुतमार्ग, पर्यटकीय पूर्वाधार र जलविद्युत जस्ता ठुला आयोजनामा लगानी आवस्यक रहेकाले लगानी गर्न बैंकलाई आग्रह गरेका छन्। 

गभर्नर्स बैठकमा मध्य र पश्चिम नेपालको विद्यतु वितरण प्रणाली सधुार गर्ने उद्देश्यले आयोजना प्रस्ताव तयार गर्ने प्रयोजनका लागि १० लाख अमेरिकी डलर बराबरको प्राविधिक सहायता सम्झौतामा बैंक र नेपाल सरकारबीच हस्ताक्षर भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।