logo

अबदेखी सवारी लाइसेन्स घरमै उपलब्ध हुने, इ–टोकन सिस्टम लागु हुँदै

    1650   पटक पढिएको


१६ कात्तिक/अर्थ र व्यापार– वागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँगको सहकार्यमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) अबदेखी सेवाग्राहीको घरमै उपलब्ध गराउने भएको छ । 

वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवीनकुमार सिंहका अनुसार दुई साताभित्रै सेवाग्राहीको घरमै लाईसेन्स उपलब्ध हुने बताए । 

चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीच कात्तिक ६ गतेको बैठकले द्धिपक्षीय सम्झौता (एमओयु) गर्ने तयारी भएको हो । 

हुलाकले न्यूनतम शुल्कमा उपत्यकाभित्र ५० रुपैयाँ र मोफसलमा १०० रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर एमओयुपछि मात्रै कति शुल्क लाग्ने भन्ने निर्धारण हुनेछ । शुल्क सेवाग्राही आफैले तिर्नुपर्ने छ । 

हुलाकले लाइसेन्स यातायात कार्यालयहरुले उपलब्ध गराएको सम्पर्क नम्बर र ठेगानाका आधारमा घरमै लाईसेन्स उपलब्ध गराउने छ । 

सहसचिव सिंहले परीक्षणका रूपमा काठमाडौं उपत्यकामा लागु गर्न लागिएको र प्रभावकारी भए बाहिर पनि सेवा विस्तार गरिने बताए ।

यस्तै, प्रदेश सरकारले यातायात कार्यालयहरुलाइ डिजिटल बनाउन इ–टोकन सिस्टम पनि लागु गर्ने तयारी गरेको छ । 

इ–टोकन सिस्टम लागु भएपछि सेवाग्राहीले आफुलाई अनुकुल हुने दिनका लागी टोकन बुकिङ गर्न सक्छ । टोकन बुक भएपछि कार्यालय पुग्ने दिन र समय तोकेर म्यासेज जान्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।