logo

सरकार र जाइकाबीचको विवादले सूर्यविनायक –धुलिखेल सडक विस्तार प्रभावित

    1553   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - सरकार र जापानी सहयोग निकाय जाइकाबीच साँगामा सुरुङ निर्माण गर्ने विषयलाई लिएर  विवाद उत्पन्न भएपछि सूर्यविनायक –धुलिखेल सडकखण्ड विस्तारको काम सुरु हुन सकेको छैन ।अरनिको राजमार्ग अन्र्तगत १५ किलोमिटर लामो सो सडक खण्ड विस्तारका लागि जाइकाले सरकार समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ । स्रोतका अनुसार प्रतिवदेन अनुसार साँघामा दुईवटा सुरुङ निर्माण गर्नु पर्नेछ । तर सरकारले भने लागत धेरै हुने भन्दै सुरुङ निर्माणको लागि तयार नहुँदा सडक निर्माण सुरु हुन नसकेको हो ।

जाइकाले सरकारलाई प्रस्तुत गरेको प्रतिवेदन अनुसार साँघामा ६१३ र ६२३ मिटर लम्बाई रहेको सुरुङ रहने छ । जाइकाले त्यहाँको साँस्कृतिक तथा पुरातात्वकि महत्वको सामग्री नबिग्रियोस् भन्नका लागि सो सुरुङको डिजाइन गरेका हो । तर, सरकारले भने सुरुङ निर्माणको बजेट धेरै भएको भन्दै जाइकासँग आर्थिक सम्झौता गरेको छैन । सरकारले सुरुङ निर्माण बारे निर्णय निर्णय मात्रै होइन, वैकल्पिक उपायको बारेमा समेत कुनै जानकारी दिएको छैन ।

जाइकाको प्रतिवदेन अनुसार सुरुङ निर्माणको लागि १२ अर्ब लाग्ने जनाएको छ । सम्पूर्ण आयोजना निर्माणको लागत भने ४० अर्बको रहेको छ । विस्तार गरिएसँगै सूर्यविनायक–धुलिखेल सडक ६ लेनको हुनेछ । सरकारले सडक निर्माणका लागि ०.२ प्रतिशत ब्याजदरमा जापान सरकारले ऋण दिने र उक्त ऋण ४० वर्षमा फिर्ता गर्नुपर्ने हुन्छ । ब्याजदर पनि कम र फिर्ता गर्नुपर्ने समय पनि लामो भएको हुदाँ यो एक किसिमको अनुदान सरह नै हो ।

सूर्यविनायक–धुलिखेल विस्तारको जिम्मा भने सडक विभागले धुलिखेल–सिन्धुली–बर्दिबास आयोजनालाई नै दिएको छ । सो आयोजनाले सरकार र जाइकाबीच सम्झौता नहुदाँ कुनै काम अघि बढाउन नसकेको जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।