logo

सर्वोच्च अदालतमा मुद्दाहरुको इजलास परिवर्तन गर्न थालियो, हेर्दा हेर्दैमा राखेर राजश्व छल्नेको पक्षमा फैसला गर्ने चलखेल ट¥यो

    1571   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार  - प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले ओमप्रकाश मिश्रका पालामा हेर्दा हेर्दै र सुनुवाईको चरणमा राखेका भ्रष्टाचार, राजस्व छली तथा सरकारी जग्गासम्बन्धी मुद्दाहरुको इजलास परिवर्तन गर्न थालेका छन् । मिश्रका पालामा यस्ता मुद्दाहरु दीपकराज जोशी, शारदा घिमिरे, केदार चालिसे, डम्बर वहादुर शाही, पुरुषोत्तम भण्डारीका इजलासबाट टुंगो लगाइन्थे । घिमिरे हालै अवकाश भएका छन् ।

सर्वोच्च अदालतमा यसलाई स्थायी इजलासको अभ्यास र खुलेआम बेन्च सपिङको रुपमा आलोचना भएपछि राणाले यस्ता मुद्दाहरु ती न्यायाधीशको इजलासमा पार्न छाडेको स्रोतले जनाएको छ । सकेसम्म आर्थिक मामिलामा विवादमा नपरेका न्यायाधीशहरुको इजलासमा राजस्व छली, भ्रष्टाचार र सार्वजनिक जग्गासम्बन्धी मुद्दा पार्न थालिएको छ । यसको प्रभाव पनि अदालतमा देखिन थालेको छ । विहीबार दीपक कार्की र सपना प्रधानको इजलासमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीसहित ६ जनाको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दाको सुनुवाई थियो । तर, जोशी पक्षका वकिलले सो मुद्दा हटाउन निवेदन दिएपछि सरेको छ ।

सोही इजलासमा सुनुवाई हुन लागेका अधिकांश गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा विपक्षी कानुन व्यवसायीको निवेदनमा स्थगित भएका छन् । यसअघिका सहज न्यायाधीशको इजलासमा नपरेपछि विपक्षीको तर्फबाट कानुन व्यवसायीले पेशी सार्ने प्रवृत्ति नै छ । व्यापारी अजय सुमार्गीकै मुद्दा पनि उनका वकिलले सार्ने निवेदन दिएका थिए । तर, एकजना वकिल अनुपस्थित हुँदैमा सार्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी भयो  ।

यसैबीच, ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि एनसेल, भाटभटेनीलगायतका ठूला र राजश्व छलीसँग गाँसिएका मुद्दाहरु हेर्दा हेर्दै र निर्णय सुनुवाइका क्रममा राखिएकामा राणाले नियमित पेशीमा धकेलिदिएका छन् । केही निश्चित न्यायाधीशको इजलासमा राखेर भटाभट फैसला गर्दैै राज्यलाई अर्बौ भार पार्ने यस्ता मुद्दालाई राणाले हेर्दा हेर्दैबाट निकालेर नियमित बेन्चमा पारेका हुन् ।
आर्थिक मामिलामा कमजोर न्यायाधीशहरुको इजलासबाट यस्ता फैसला गराउने बिचौलियाको चलखेल तत्काललाई राणाले असफल पारेका छन् । हेर्दा हेर्दैमा राखेर राजश्व छल्नेको पक्षमा फैसला गर्ने चलखेल टरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।