logo

सुपर आँखु खोला जलविद्युत आयोजनाको लगानी सम्झौता सम्पन्न 

    2406   पटक पढिएको


११ असोज/अर्थ र व्यापार– धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिकामा निर्माणाधीन २५.४ मेगावाटको सुपर आँखु खोला जलविद्युत आयोजनामा लगानी सम्झौता भएको छ ।

प्रभु बैंक को सह-वित्तीयकरणमा सुपर आँखु खोला जलविद्युत आयोजनाको शुक्रबार लगानी सम्झौता भएको हो।

४ अर्ब ५६ करोड रुपैयाँ लगानीको निर्माण आयोजनामा प्रभु बैंकसहित संचय कोष र कृषि विकास बैंकले ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।

आयोजनामा प्रभुले १ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने सम्झौता भएको छ ।  

ऋण सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख ब्यापार अधिकृत रेनुप्रसाद पाण्डेय, संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मीनराज पोखरेल र गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरे ।

आयोजनाका लागि आवश्यक बाँकी २५ प्रतिशत पुँजी १ अर्ब १४ करोड रुपैयाँ संस्थापक र सर्वसाधरणमा सेयर जारी गरेर जुटाइनेछ ।

निर्माणाधीन आयोजनाबाट सुक्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । 

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना अनुसार प्रभु बैंकले ४० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।