logo

शुक्रबारदेखि कंलकीको अण्डरपास संचालनमा आउने

    2081   पटक पढिएको

३१ साउन/अर्थ र व्यापार– नेपालकै पहिलो ‘अण्डरपास वे’ कंलकीको भुमिगत बाटो भोली शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।
काठमाडौं चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले शुक्रबारदेखि अण्डरपास वे संचालनमा ल्याउने बताए । 

दुई वर्ष अघि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अण्डरपास निर्माण थालेको थियो । अण्डरपास संचालनमा आएपछि कंलकीको जाम कम हुने अपेक्षा गरिएको छ ।  

८ सय मिटरको यो बाटो कंलकी चोकबाट खसीबजार तर्फ चार सय र कंलकी चोकबाट सितापाइलातर्फ चार सय मिटर अण्डरपास छ । अण्डरपासको सडक पेन्टिङ र लेन छुट्याउने लगायतका काम भने बाँकी छ । 

अहिले बनिरहेको अण्डरपास’ चक्रपथ हिड्ने सवारीसाधनले प्रयोग गर्ने छ।अण्डरपास चार लेनमा निर्माण भैरहेको छ । दुईवटा लेन आउन र दुईवटा लेन जानका लागि प्रयोग हुन्छ । 

चक्रपथ परिक्रमा गर्दा अब कंलकी चोकमा रोकिनुपर्दैन् । कालीमाटीतिरबाट थानकोट जानरआउन अण्डरपासमाथि निर्माण भएको सडक प्रयोग हुनेछ ।

यो संगै कोटेश्वरकंलकी १०.४  किलोमिटर खण्ड विस्तारको कार्य अन्तिम चरणमा पुगेको चक्रपथ सुधार योजनाले जनाएको छ । आगामी दुई महिनाभित्रमा यो खण्डको सबै काम सकिने चक्रपथ सुधार योजना प्रमुख भण्डारीले बताए । बल्खुबाट कलंकीसम्म चिनियाँ सरकारको पाँच अर्ब रुपैयाँ अनुदानमा निर्माण भएको हो । 

चीन सरकारको ६ अर्ब अनुदानमा आगामी असोजबाट कंलकी–महाराजगंज ८.२ किमी खण्डको काम अघि बढाउन चीन र नेपाल सरकारकाबीच द्धिपक्षीय सम्झौता भैसकेको छ । 

हाल कंलकी–महाराजगंज खण्डको सडक सिमाभित्रपर्ने संरचना, घर, टहरा, खानेपानी, विद्युत, टेलिफोन लगायतका पोलहरु हटाउने काम भइरहेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।