logo

आफ्नो नाममा रहेको निजी सम्पत्ति विभिन्न बहानामा राज्यले कब्जा गर्न खोजेको सुधिर बस्नेतको आरोप 

    1502   पटक पढिएको

३ बैशाख /अर्थ र व्यापार - घरजग्गा व्यवसायी सुधीर बस्नेत जेलबाट छुटेका छन् । बस्नेतलाई गत चैत २० गते बानेश्वरबाट पक्राउ गरेर महानगरीय अपराध महाशाखा टेकुमा राखेको थियो । बैशाख २ गते बस्नेत थुनामुक्त भएका हुन् । अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको थियो ।

सर्बोच्च अदालतको आदेश अटेर गर्दै सुधीर बस्नेतको सम्पत्ति लिलामी गर्ने समितिको निर्णय समेत भएको थियो । पक्राउ परेलगत्तै बस्नेतका वकिलले सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको थियो । तत्कालीन ओरेन्टल सहकारीका अध्यक्ष रहेका बस्नेतले विभिन्न कम्पनी स्थापना गरी होउजिङ तथा अपार्टमेन्ट बनाउन सर्वसाधारणबाट अर्बौं रकम उठाएका थिए । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न बनेको समितिले बस्नेतले १६ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व देखिएको प्रतिवेदन तयार पारेको छ ।

अति महत्वकांक्षाका कारण बस्नेत डुबेका थिए । त्यसपछि ओरेन्टल सहकारीलाई सरकारले समस्याग्रत घोषणा गरेको थियो । ठगी आरोपमा यसअघि पनि पटकपटक जेल परिसकेका बस्नेतले आफूलाई जेल हालेर समस्याको समाधान नहुने बताए । आफ्नो नाममा रहेको निजी सम्पत्ति विभिन्न बहानामा राज्यले कब्जा गर्न खोजेको बस्नेतको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।