logo

साउथवेस्टन स्कुललाई ‘अन्तर्राष्ट्रिय स्कुल अवार्ड’

    2007   पटक पढिएको

८ पुस/अर्थ र व्यापार– साउथवेस्टन स्कुलले ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ ।

‘शिक्षामा उत्कृष्टताका लागि अन्तर्राष्ट्रि केन्द्र’ र ‘कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाज’को संयुक्त आयोजनामा डिसेम्बर २०, २०२० मा भारतको नयाँ दिल्लीबाट भर्चुअलरुपमा सञ्चालित ‘अन्तर्राष्ट्रिय शिक्षाशिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा साउथवेस्टन स्कुललाई ‘अन्तर्राष्ट्रिय स्कुल अवार्ड’ प्रदान गरिएको हो ।

कोभिड १९ को असरले विद्यालयहरू बन्द रहेको अवस्थामा स्कुलले भर्चुअल शिक्षण प्रक्रियामा अपनाएका शिक्षण पद्धतिहरू, परियोजनामूलक कार्य, श्रव्यदृष्य कक्षा, मौखिक तथा लिखित नियमित मूल्याङकन पद्धति, विद्यालयको भौतिकपूर्वाधार, विद्यालयका उपलब्धि आदिलाई मूल्यङ्कनको आधार बनाई उक्त अवार्ड साउथवेस्टन स्कुललाई प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेसिया, इन्डोनेसिया, साउदी अरेयिबा, मेक्सिको, थाइल्यान्ड लगायत ५० भन्दा बढी देशका २५० भन्दा बढी संस्था तथा व्यक्तिहरूको सहभागिता रहेको थियो ।

‘पोस्ट कोभिड परिदृष्यमा जीवन र आजीविकाको लागि समग्र शिक्षा– अगाडिको बाटो’ विषयबस्तुमा आयोजित उक्त सम्मेलनमा ‘योग्य सम्पन्न शैक्षिक संस्थाहरूका लागि विशिष्ट पुरस्कार’ भन्ने नाराका साथ विभिन्न विधाका पुरस्कारहरू वितरण गरिएको थियो ।

भर्चुअल कार्यक्रममा साउथवेस्टन स्कुलको तर्फबाट स्कुलका प्रिन्सिपल रमेश अधिकारी सहभागी भएका थिए । यो अवार्डसंगै एक बर्षको अवधिमा यस स्कुलले प्राप्त गरेको तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो । 

स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले स्कुलले प्रदान गर्ने अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको कारणले गर्दा स्कुलले अवार्ड प्राप्त गर्न सफल भएको बताए ।

यसअघि विद्यालयले २०१९ डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटीद्वारा दुबईमा आयोजित एक कार्यक्रममा अन्तर्राष्टिय स्कुल अवार्ड अन्तर्गत साउथवेस्टन स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो ।

त्यस्तै ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तर्राष्ट्रिय सभामा साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गरेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।