logo

सहरको ट्राफिक अवस्थालाई व्यवस्थित गर्न काठमाडौंका बिभिन्न ठाँउमा सोलारबाट चल्ने ट्राफिक बत्ती राखिने

    1461   पटक पढिएको

२७ पुस/ अर्थ र व्यापार - काठमाडौंका बिभिन्न आठ ठाउँमा सोलारबाट चल्ने ट्राफिक बत्ती राखिने भएको छ । पद्मोदय रोड, बागबजार, सिंहदरबार गेट अगाडि, पुरानो बानेश्वर, मित्रपार्क, गौशाला, कालिमाटी र तीनकुनेमा ट्राफिक बत्ती राख्न लागिएको हो ।  सहरको ट्राफिक अवस्थालाई व्यवस्थित गर्दै जाम कम गर्न ट्राफिक बत्ती राख्न लागिएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए । पहिलेका ट्राफिक बत्ती विदेशी दाताहरुको सहयोगमा राखिएका भए पनि अहिले भने नेपाल सरकारको तर्फबाट नै ट्राफिक बत्ती निर्माणको लागि बजेट छुट्याइएको छ । आठ ठाउँमा ट्राफिक बत्ती राख्नको लागि ९७ लाख ५० हजार रुपैयाँको बजेट प्राप्त भएको गौतमले बताए । 

कतिपय ठाउँमा पहिलेदेखि नै राखिएका ट्राफिक बत्तीहरु बिग्रिएका छन् । थापाथली चोकमा र कोटेश्वरबाट सूर्यविनायक जाने ठाउँमा करिब एक दशक अगाडि नै ट्राफिक बत्ती राखिएको भए पनि अहिले बिग्रिएर प्रयोगविहीन अवस्थामा छन् । 
बिग्रेपछि बेलाबखत बनाउने गरेको भए पनि अहिले भने काम नलाग्ने अवस्थामा छन् । नयाँ ट्राफिक बत्ती राख्ने काम सँगै पुराना बत्तीहरु पनि मर्मत गरिने सडक विभागका प्रमुख विभागीय ईन्जिनियर (सीडीई) दीप बराहीले जानकारी दिए ।

पुराना बत्तीमध्ये केही ठाउँमा बिग्रेका भए पनि केही ठाउँमा भने प्रयोग भइरहेका छन् । महाराजगञ्ज र पुतलीसडकमा भएका ट्राफिक बत्ती अहिले प्रयोगमा आइरहेका छन् । केही समय पहिला काठमाडौं दिगो सहरी आयोजनाले ट्राफिक बत्ती निर्माणको लागि टेण्डर गरेको थियो । अष्ट्रेलियन कम्पनीले निर्माण गर्ने भनेर तयारी भए पनि पछि काम भने हुन नसकेको बराहीले बताए ।


अहिले राख्न लागिएका ट्राफिक बत्तीहरु ‘इण्डिभिजुअल चोक सिस्टम’ मा बन्नेछन् । अर्थात सबै चोकको बत्ती नियन्त्रण एकै ठाउँबाट नभएर प्रत्येक चोकबाट अलग्गै नियन्त्रण हुनेछ । यो एकै ठाउँबाट नियन्त्रण गर्ने प्रविधिभन्दा यो प्रविधि सस्तो ठानिएको छ । एउटा चोकमा निर्माणको लागि ८ देखि १५ लाख रुपैयाँसम्म लागत लाग्ने बराहीले बताए । ट्राफिक बत्तीको माथि सोलार जडान गरिनेछ र सोलारबाट नै अबका ट्राफिक बत्तीहरु चल्नेछन् । यसले बिजुलीको पनि बचत हुने सडक विभागको दाबी छ । निर्माणपछि दुई वर्षसम्म मर्मत पनि गर्ने सम्झौतामा स्वदेशी कम्पनी प्रजिल कन्ष्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको हो । अबको चार महिनाभित्र काम सक्ने सीडीई बराहीले बताए ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।