logo

ओली सरकारले बर्खास्ती गरेका तिन पदाधिकारीको आज सर्वोच्चमा सुनुवाई हुँदै

    2130   पटक पढिएको

२७ आषाढ/अर्थ र व्यापार– शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेका पदाधिकारीहरुलाई ओली सरकारले बर्खास्ती गरेपछि सर्वोच्चमा परेकामध्ये तीन पदाधिकारीको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

सरकारले सामूहिक निर्णयबाट निर्वाचन आचारसंहिता लागू भई वर्तमान सरकार गठन नभएसम्मका राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको थियो । 

गत बुधबारको मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनैतिक नियुक्ति बदर गरेको थियो । नियुक्ति बदरपछि मंगलबार पाँच पदाधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए । जसमा आज दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थाका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय र राष्ट्रिय सहकारी बोर्डका सहध्यक्ष दक्ष पौडेलको रिटमा सुनुवाइ हुँदैछ ।

उनीहरूले प्राकृतिक न्यायको सिद्धान्त विपरीत सुनुवाइको सामान्य मौका समेत नदिई नियुक्ति बदर गरेको भन्दै रिट दायर गरेका हुन् ।

न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासमा रिटको पेसी तोकिएको छ । अदालतले अन्तरिम आदेश जारी गरेको खण्डमा सरकारको निर्णय कार्यान्वयनमा रोक लाग्नेछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।