logo

संसदीय उपसमितिद्वारा तारागाउँ रिजेन्सी होटल्सलाई नेपाल सरकारको स्वामित्वमा ल्याउन निर्देशन

    1491   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन संसदीय उपसमितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै तत्कालिन तारा गाउँ विकास समितिको नाममा रहेको उक्त जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको हो । उपसमितिले तारा गाउँ विकास समितिको १५० रोपनी जग्गा होटलको नाममा रजिस्ट्रेसन पास गरिदिएको विषयमा छानबिन गर्न पनि निर्देशन दिएको छ । उपसमितिले सरकारलाई यीसहित १३ बुँदे निर्देशन दिएको छ ।

त्यस्तै तारा गाउँ विकास समितिको १५४ रोपनी जग्गा हडप्ने किसिमले गरेको गैरकानूनी लिज सम्झौता प्रक्रिया पु¥याई रद्द गर्न पनि निर्देशन दिएको छ । उक्त सम्झौतामा होटल र तारा गाउँ विकास समिति पदाधिकारीले अख्तियारको दुरुपयोग गरेको देखिएको भन्दै यस विषयमा छानबिन गर्न पनि उपसमितिले निर्देशन दिएको छ ।

उपसमितिले तारागाउँ विकास समितिको नाममा तारागाउँ रिजेन्सी होटल्सले सेयर स्वामित्व सुरु सम्झौतामा लिज सम्झौता प्रक्रिया र्पुयाई रद्द गर्न निर्देशन दिँदै होटल र समितिको पदाधिकारीले अख्तियारको दुरुपयोग गरेको देखिएकाले छानबिन गर्न निर्देशन दिएको छ । तारागाउँ रिजेन्सी होटल्सले होटल घाटामा गएको देखाई सरकारलाई गैर कानुनी हानी नोक्शानी र आफूलाई लाभ र्पुयाएको विषयमा पनि छानबिन गर्न निर्देशन दिएको छ । संसदीय समितिले तारा गाउँ रिजेन्सी होटल्समा भएको अनियमितता छानबिन गर्न सांसद अग्नि सापकोटाको नेतृत्वमा उपसमिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।