logo

साझा यातायातको स्मार्ट कार्ड अपग्रेडपछि पुन संचालनमा

    1551   पटक पढिएको

१७ असार / अर्थ र व्यापार - साझा यातायातको स्मार्ट कार्ड पुन संचालनमा आएको छ । यस अघि संचालनमा ल्याईएको कार्ड प्रभावकारी हुन नसकेपछि त्यसलाई अपग्रेड गरेर संचालनमा ल्याईएको हो । नेपाल बैकसँग सहकार्य गरेर साझाले स्मार्टकार्ड संचालनमा ल्याएको हो । सोमबार एक विशेष कार्यक्रमवीच ३ नम्वर प्रदेशका मूख्य मन्त्री डोरमणी पौडेलले कार्ड स्वाईप गरेर उद्घाटन गरे । कार्डको नाम ‘नेपाल मण्डल यात्रा कार्ड’ भनिएको छ ।

करिव दुई महिनाको परीक्षणपछि संचालनमा ल्याईएको साझा यातायात सहकारीका अध्यक्ष कनकमणी दीक्षितले जानकारी दिए । उनका अनुसार सबै खालका बसमा यो कार्ड प्रयोग गर्न सकिनेछ । उनका अनुसार पार्किङ,रेष्टुरेण्ट,फेवातालमा ढुङगा चढ्दा र पसलहरुमा समेत प्रयोग गर्न सकिन्छ ।
कार्डले खुद्रा पैसाको झन्झट मेटिने र यात्रुहरु ठगिनबाट रोकिने साझाले जनाएको छ भने काठमाडौं महानगरपालिकाले ल्याएको पिक एण्ड ड्रप नीतिका लागि उपयोगी हुने साझाको विश्वास छ । साझाका अनुसार कार्डका लागि बसको सहचालकसँग सम्पर्क राख्न सक्ने छ । दुई सय रुपैयाँमा यो कार्ड प्राप्त गर्न सकिनेछ । कार्डमा दुई सय रुपैयाँको ब्यालेन्स हुन्छ र थप टपअप सहचालकबाटै गर्नुपर्नेछ ।

कार्ड लिने व्यक्तिले साझाका सहचालकसँग रहेको मेसिनमा स्वाईप गर्नुपर्नेछ । दूरीका आधारमा सहचालकले भाडा तय गर्ने र त्यही आधारमा स्वाप गरेर भाडा तिर्न सकिन्छ । स्वाइप गर्ने वित्तिकै मेसिनले रसिद प्रिन्ट गर्छ । तत्कालका लागि यो व्यवस्था भएपनि निकट भविष्यमा दुवै ढोकामा मेसिन राख्ने र अटोमेटिक यात्रा अनुसार काट्ने व्यवस्था मिलाउन लागिएको साझाले जनाएको छ ।

जिपिएस सिस्टमले अटोमेटिक यात्रा दुरी नाप्छ र लागेको भाडा काट्ने साझाले जनाएको छ । पोखरामा समेत यो कार्ड प्रयोगमा ल्याउन लागिएको छ भने उपत्यकाका अरु बस कम्पनीसँग समेत सहकार्य गर्न लागिएको छ । एउटा कार्ड भए देशैभर जुनसुकै बसमा यात्रा गर्दा पनि प्रयोग गर्न मिल्ने बनाउने तयारी भएको दीक्षितले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।