logo

राजश्व तिर्नका लागि बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ बाहिरियो

    1709   पटक पढिएको

५ माघ / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकको अद्यावधिक तथ्याङ्क अनुसार, पुस मसान्तको राजश्वका लागि  बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ सरकारी खातामा जम्मा भएको छ।
मसान्तसम्म १२ अर्ब रुपैयाँ तरलता हराएकोमा भोलिपल्ट अद्यावधिक हिसाब निकाल्दा थप २८ अर्ब हराएको भेटिएको छ। 

’राजश्व खातामा पैसा जम्मा भएकै कारण अन्तर बैंक सापटी दर ४.६९ प्रतिशतमा उक्लिएको छ’ राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बिजमाण्डूसँग भने, ’अहिले तरलतामा दबाब परेको छ।’

पुस २८ गते बैंकिङ प्रणालीमा ५२ अर्ब ६७ करोड रुपैयाँ अधिक तरलता थियो। ४० अर्ब सरकारी खातामा जम्मा भएपनि ब्याज भुक्तानीबाट केही निक्षेप सुधार हुँदा अहिले प्रणालीमा २६ अर्ब अधिक तरलता छ।

सरकारको राजस्व संकलन गर्ने प्रमुख बैंक एभरेष्ट हो। राष्ट्र बैंकका अनुसार, एभरेष्टको खाताबाट अधिकांश रकम सरकारी खातामा गएको हो। अरू केही बैंकले फुटकर रूपमा मात्र राजस्व संकलन गर्छन्।

प्रणालीको पैसा झिकिएर एकैपटक सरकारी खातामा सर्दा पुस मसान्तका दिन अन्तर बैंक सापटी दर ३.५१ प्रतिशतमा उक्लिएको थियो। त्यसपछि निरन्तर बढेर साढे ४ प्रतिशतमाथि उक्लिएको हो। यसअघि ब्याज दर करिडोरको न्यूनतम सीमाभन्दा तल रहेको अन्तर बैंक सापटी पुस मसान्तको दिनदेखि करिडोरको सीमाभित्र आएको छ।

तीन प्रतिशतभन्दा तल अन्तर बैंक सापटी दर झर्न नदिने करिडोरको नीति छ। यसअघि राष्ट्र बैंक तरलता बढ्ने बित्तिकै करिडोर कार्यान्वयन गर्न असफल देखिँदै आएको थियो। 

तरलता अभावले अन्तर बैंक सापटी उक्लिएपछि राष्ट्र बैंकले चाँडै रिपो जारी गर्ने योजना बनाएको छ। रिपोमार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीलाई अल्पकालिन रुपमा पैसा उपलब्ध गराउँछ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।