logo

दरबार हाइस्कुल पुनर्निर्माण मंसिरभित्र सकिने

    1400   पटक पढिएको

 ६ मंसिर / अर्थ र व्यापार - नेपालको सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कूल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । २०७२ सालमा गएको भूकम्पका कारण क्षतिग्रस्त दरबार हाइस्कूल तोकिएको समय भन्दा अगावै निर्माण सकिने पक्का छ ।

क्षतिग्रस्त भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०७५ साउनबाट निर्माण शुरु भएको थियो ।२० महिनामा सक्ने लक्ष्य राखेर शुरु भएको पुनर्निर्माण २६ महिनामा नै सकिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरेले निर्माणको काम लगभग सकिएको बताए ।

अहिले हाइस्कुलको रंगरोगन भइरहेको उनले जानकारी दिए । पुननिर्माणको रेखदेख गरिरहेको शिक्षा मन्त्रालयले मंसिरभरिमा सबै काम सकिने बताएको छ । मूख्य भवनको पुनर्निर्माण जेठमै सकिएको थियो । भवनको छेउमा रहेका संरचना, भवनका झ्याल ढोकालगायतका केही कामहरु भने बाँकी थिए । अहिले ती कामहरु सकिएको मन्त्रालयले बताएको छ ।

पुनर्निर्माण सम्पन्न भवनमा ४ तला र ४६ कोठा छन् । २०१० सालमा स्थापना भएको दरबार हाईस्कूल नेपालको पहिलो आधुनिक विद्यालय हो । दरबार हाईस्कूलको पुननिर्माण सम्पन्न हुने भएपछि काठमाडौं महानगरपालिकालाई पनि राहत मिल्नेछ । दरबार हाईस्कूल पुनर्निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनीले निर्माण सामग्री खुलामञ्चमा राखेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।