logo

रसुवागढी जलविद्युत आयोजनाको काम द्रुतगतिमा, तीन महिनाभित्रै विद्युत उत्पादनको लक्ष्य

    1534   पटक पढिएको

१५ मंसिर / अर्थ र व्यापार - उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माणकार्य द्रुतरूपमा अगाडि बढेको छ ।
सन् २०२० को फेब्रुअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाका कार्यरत ३० भन्दा बढी प्राविधिक अह्रोरात्र काममा खटिरहेका छन्। आयोजनाका आयोजना प्रमुख छवि गैरेका अनुसार हालसम्म निर्माणको समग्र प्रगति ७१ प्रतिशत पूरा भएको छ। रसुवागढीमुनि बाँध बाँध्ने, पोखरीमा बालुवा थिग्ग्रयाउने (डिसेन्ड्री) र विद्युतगृह निर्माणको काम धमाधम अगाडि बढेको हो। चार हजार १८५ मिटरको हेडरेस सुरूङ भने गत वर्ष निर्माण सम्पन्न भइसकेको थियो।

चार वर्षको अवधिमा निर्माणकार्य सम्पन्न गरी राष्ट्रिय प्रसारणमा विद्युत् पठाउने लक्ष्यका साथ सन् २०१४ बाट निर्माण कार्य अगाडि बढेको सो आयोजनाका लागि चाहिने सामान ढुवानी गर्न राजमार्गहरूमा हुने पहिरा र भूकम्पको असरजस्ता कारणले निर्माणमा ढिलाइ हुँदै आएको थियो। निर्माण लागत १३ अर्ब ६१ करोड ४० लाख रुपैयाँ रहेको आयोजनाको सुरूङभित्र पानी पठाउन बाहिरी सतहको भोटेकोशीमा एउटा बाँध रहने र विद्युत गृह, बालुवा थिग्ग्रयाउने पोखरीसमेतका भूमिगत संरचना रहनेछ।

सो आयोजनाबाट वार्षिक ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुने प्राविधिकहरूले बताएका छन्। टिमुरेको तातोपानी नजिक थुमन क्षेत्रको आधार इलाकामा रहने सो गृहमा तीन फ्रान्सिस नामको टरवाइन जडान गर्ने कामसमेत तीव्ररूपमा अगाडि बढेको छ। बाँध बाँधिएको स्थल भोटेकोशीदेखि प्रतिसेकेण्ड ८० घनमिटर विद्युत्गृहमा पुग्ने बताइएको छ।

आयोजनाको निर्णाणस्थल कडाखाले पहाडभित्र रहेका कारण भोटेकोशीमा आउन सक्ने बाढी, भूक्षय, भूकम्प तथा चट्याङजस्तो कुनै पनि प्राकृतिक प्रकोपले असर नपार्ने प्राविधिकहरूले बताएका छन्। साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गत दुई चरणमा निर्माण भइरहेको विद्युत् संरचनामध्ये १४ दशमलव ८ मेगावाटको माथिल्लो जलविद्युत् आयोजनाको समग्र निर्माणकार्य ८५ पूरा भई विद्युत्गृहको निर्माणकार्य भइरहेको छ।

एक हजार ३०० मिटर सुरूङमार्गको सहायताले सिम्बुगाउँमा पानी ल्याई चालू आर्थिक वर्ष्भित्र विद्युत् उत्पादन गरिसक्ने साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतले जानकारी दिए। कूल ४२ दशमलव ५ मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माणकार्य पनि धमाधम अघि बढेको छ।

तीन हजार ६७१ मिटर हेड्रेरेस सुरूङमध्ये तीन हजार ३९२ मिटर निर्माण सम्पन्न भई ७३ प्रतिशत काम पूरा भएको साञ्जेन आयोजनाका आयोजना प्रमुख अर्पणबहादुर सिंहले बताए। निर्माणाधीन ४२.५ मेगावाट तल्लो साञ्जेन आयोजनाले अबको डेढ वर्ष्भित्र उत्पादन दिइसक्ने अपेक्षा गरिएको छ। एउटै खोलाको पानीबाट सञ्चालन हुने यी दुवै आयोजनाका संरचना अर्धभूमिगतरूपको हुने बताइएको छ। निर्माणको किसिम भने पानी ल्याउने हेडरेस भूमिगत सुरूङ एवं विद्युतगृह बाहिरी सतहमा हुने आयोजनाका सहप्रबन्धक गुरूदास अमात्यले बताए।

गोसाइँकुण्ड गाउँपालिका–५ मा निर्माण हुने २० मेगावाट लाङटाङखोला एवं थुमन तथा बृद्विम क्षेत्रको आधार इलाकामा निर्माण हुने १२० मेगावाट भोटेकोशी जलविद्युत् आयोजना निर्माणका लागि प्रवेशमार्ग निर्माण भइरहेको छ। आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकामा निर्माण हुने माथिल्लो त्रिशुली वान नामक २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको भने सबै प्रक्रिया पूरा भई अब स्थलगतरुपले निर्माणको चरणमा अगाडि बढेको आयोजनाका निर्देशक गिरीराज अधिकारीले जानकारी दिए।  

रसुवा र नुवाकोट दुई जिल्लाको आधार इलाकामा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण भएको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री–ए आयोजनाको निर्माणकार्य सम्पन्न भई उत्पादन र खपत शुरु भइसकेको छ। विसं २०६० भदौ ८ गतेबाट उत्पादत शुरु भएको २२ मेगावाट क्षमताको चिलिमे र २०७१ मा निर्माण भएको पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्रले लक्ष्यअनुसार उत्पादन दिइरहेको जनाइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।